बाल कविता : हे असारे मासको भेल

~निलन कुमार थेच्वमि~

वर्षौं दिनको प्रतीक्षा पछि आएको भेल ।
सब किसान दाजुभाइको सुखमय मेल ।।
मिलिकन रोपाइगर्ने खेत खेतमा अचेल ।
स्वागत छ तिमीलाई यहाँ असारे भेल ।।

कोही गाउँदै कोही नाच्दै पानीमा खेल्दै
आलुको चट्नीसँग बग्छ जाँडको भेल ।।
कस्तो मिल्दो हाम्रो खेतिपाति र परम्परा
भएर मानवहरुको नङ्-मासुको मेल ।।

साउदि अरब
14 SEPTEMBER 2005

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.