~केदार श्रेष्ठ “गगन”~
मलाई छाडि के भो र अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला ।
झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुँदै हाँस्दै उसलाई पनि साहनुसम्म सायौ होला ।
संगत तिम्रो धेरै गरेँ बुझ्न गाह्रो रै�छ वानी
त्यही वानीले मलाई झैँ कति बसाइँ सार्यौ होला ।
हल्ला थियो गाउँघरमा तिम्रो मेरो माया बस्या
झूटो हल्ला गर्या भनि दोष मलाई लायौ होला ।
बाहिर रुप फूल जस्तो भित्र-भित्रै खाक्रो रै�छ
‘गगन’लाई जालमा पार्न बादल बनि धायौ होला ।
-केदार श्रेष्ठ”गगन”
भिमस्थान-५,सिन्धुली
(स्रोत : ईलम्जुङ् डट काम)