~शशीकला थापा सुब्बा~
मेरो गाँउमा उदाउने घाम तिम्रो गाँउमा अस्ताउँछ
भए भरका पिडा बोकी रात मलाई जिस्काउछ
यात्रा हिड्दा जिन्दगीको, धेरै टाडा पुगिएछ
फर्की हेर्दा अतीतलाई, एकटुक्रा मन छुट्टीऐछ
कल्पनामा डुबी हेर्छु यथार्तले झस्काउँछ
भएभरका पिडा बोकी रात मलाई जिस्काउछ
हाँसो पोती ओंठभरि सम्हाल्दैछु मनको पीर
ए!जिन्दगी तिमीलाई पर्खिरहेछु घुम्ती निर
आकाशको जून मेरो कौशीनिर मुस्काउँछ
भएभरका पिडा बोकी रात मलाई जिस्काउँछ
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)