गजल : प्यारो अर्कै देश लाग्यो कि !

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

दाई किन गाउँ फर्केनौ? प्यारो अर्कै देश लाग्यो कि !
गाउँको ढुङ्गा माटो भन्दा,शहरनै बेश लाग्यो कि !

आउँछु भन्थ्यौ जुन बोकेर, गाउँ घरको अँधेरिमा
फर्केनौत गाउँतिर खै,खुट्टामा कही ठेश लाग्यो कि !

मुठ्ठी कष्दै भन्थ्येउ तिमी,मुक्ती खोज्न जाँदैछु म
महान लक्ष्य हत्या गर्न मात्र एक निमेश लाग्यो कि ?

आफन्त भुली पराइलाई आफ्नो देख्न थाल्यौ भन्छन
आफ्नो संस्कार जुत्रो झाम्रो,सुन्दर अर्कै भेष लाग्यो कि?

दाई किन गाउँ फर्केनौ? प्यारो अर्कै देश लाग्यो कि !
गाउँको ढुङ्गा माटो भन्दा,शहरनै बेश लाग्यो कि !!

बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ
२०६७-०२-२०

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.