कविता : नेतालाई स्यालुट छ

~कुन्दन काफ्ले~

नेता ज्यूका लागि भने हरक्षण अप्रील फूल छ ।
भाषण उनको सुन्दा खेरी भोकाले भोक भूल छ ।
लठ्ठ पार्ने बोली उनको सुन्दै भाग्य खुल्छ ।
हिंसा फैलाउने बोली साँच्चै त्यो अतुल छ ।

खाँटी हैन ढाँटी हिड्ने, उनको जो वसूल छ ।
ढाँट्न उनले तिर्नू पर्ने, रकम न महशूल छ ।
ठग्ने पेशा नेता ज्यूको, मलाई चैं कबुल छ ।
झूटो बोल्ने हाम्रा नेता, को भन्छ फजुल छ ।

नेता भन्छन् मैले बोल्दा, जनता सारा झुक्छ ।
हाड नभाको जिब्रो, बोल्दा कहिले काहीं चुक्छ ।
लाज पचाई मैले बोल्दा, शीर कसको दुख्छ ?
जे बोलेनी म नेता हुँँ, मेरै कुरा पुग्छ ।
तर,
हजार झूट बोल्नेको नि यौटै मात्र मुख छ ।
नेता ज्यूले बोलेको चैं केवल सफेद झूट छ ।
सर्प जिब्रे नेता ज्यूले जे बोले नि छुट छ ।
पाइलै पिच्छे वात फेर्ने नेतालाई स्यालुट छ ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.