~इन्द्रकुमार श्रेष्ठ “सरित”~
कहाँ, कहिले र कोद्वारा चक्रव्युह बिछ्याइएन ?
कहिले रणसङ्ग्राममा
कहिले सन्धिसम्झौताहरूमा
कहिले गालीमा त कहिले मिठो बोलीमा
पटकपटक भएको छ षडयन्त्र
सहकार्यको अभिनयमा कहाँकहाँमात्रै धोका भएन ?
पाइलापाइलामा बिछ्याइएको छ बम
शब्दशब्दमा भरिएको छ जालझेल
हिजोसम्म घरमा पस्नै नदिने
थियो भित्रीबाहिरी षडयन्त्र
त्यसका लागि पहाडै खसेसरि
कोकोहोलो मच्याएर रूवावासी गरेकै हुन्
नसकेर आप्mनै षडयन्त्रको तगारोले थेग्न
लूरेभूरे, बलवान छिमेकी पनि गुहारेकै हुन्
कतिकति चाल चले
भनेर साध्य छैन, गनेर साध्य छैन
अरूको जीतमा आप्mनो हार देख्ने मनुवाको
छेरूवा बानीको कहानी कहीसाध्य छैन ।
घर पसिसकेपछि
अब घरमा टिक्नै नदिने खेल सुरू भएको छ
बाहिरबाहिर बोलीमा घसेर तीन माना चिल्लो
भित्रभित्रै सिध्याउने षडयन्त्र भइरहेकै छन्
बुझेकै छन् सबैले यहाँ सबैको भाका
तिनको भुकाइ पनि होइन आप्mनो
बोली पनि होइन तिनको आप्mनो
छैन आप्mनै विचारमाथि यिनलाई विश्वास
त्यसैले त अरूको उत्रुङ छेकेर
आफु अग्लिएको भ्रम पाल्छन्
माालिले भुक भने भुक्छन्
चुप लाग भनेर हकारे टाङमनि पुच्छर लुकाउँछन्
कुन मालिकलाई खुशी पार्न हो, कुन्नि ।
हेर, हेर यिनको शिखन्डी नाच आज पनि जारी छ
बृहन्नला पनि लज्जित हुने हाउभाउ छ यिनको हेर
न त बनाउँछन् यिनीहरू आप्mनो घर
न त अरूलाई नै बनाउन दिन्छन्
विरोधको नाममा आधारहीन विरोध गर्छन्
त्यसैले अभिमन्यु बनेर तोड्नूपर्नेछ थुपै्रथुपै्र चक्रव्युहहरू
जङ्घारहरू छन् थुपै्रथुपै्र तर्नुपर्ने
उकालो छन् धेरैधेरै चढ्नुपर्ने
गन्तव्यमा पुग्न झिनामसिना मात्रै होइनन्
परिआए ठूलै अवरोधहरू पनि हटाउनैपर्छ
हटाएको इतिहास नभएको पनि होइन हाम्रो
हाम्रो इतिहास पढ्नेहरूलाई थाहा छ
जनता उभो लाग्न नदिने
राष्ट्र समुन्नत हुन नदिने तत्वहरूलाई
काम गर्छुभन्दा बाटोमा काँडा ओछ्याउनेहरूलाई
तोडेर सम्पूर्ण चक्रव्युह
तिनलाई जनतासामु नङ्ग्याउनैपर्छ
सबैको आशा र विश्वासको केन्द्र
अभिमन्यु
उसलाई चक्रव्युहबाट निकाल्नैपर्छ
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १८ – March 7, 2012 – २०६८ फागुन २४ गते, बुधबार)