~जीरन जार राई “संकल्प थुलुङ”~
ढुङ्गा भित्र ईश्वर भए ढुँगा हाम्रो संसार हुन्थ्यो
त्यसैले त चारैतिर ईश्वरको हुंकार हुन्थ्यो ।
साधनाको सागर भित्र मौलाएका पुष्प कमल
मनसंग मन गाँसी सुवास बाँडे अपार हुन्थ्यो ।
कर्तव्यका बाटा भरि मिलेका ति खुशीहरु
हातेमेलो गर्दै बडे सब्को त्यहाँ सुधार हुन्थ्यो ।
उजाड मन्को बलेसीमा मिठो सुवास भए देखि
जिन्दगीका यात्रा भित्र साथ दिने किनार हुन्थ्यो ।
जिउनु मात्र ठुलो हैन सबको लागी बाँच्न शिकौं
हातमा माथि हात बाँधे जगतैको उदार हुन्थ्यो ।
(स्रोत : Damkdotcom)