~लेखनाथ काफ्ले ‘राजन’~
अझै,सम्झिरहन्छु रमादानमा सजिएको त्यो शहर
इद-उल-फित्रमा रमाएको छ बर्से मेरो छोरो
बाबुजिका तरविह नमाजका रुक्न र दुवाहरु
मेरी बेगमले बनाएका सेहरी सुहुरका स्वादहरु
हो अझै सम्झिरहन्छु ,
“बजु बिस्मिल्लाह”का ध्वनिहरु गुन्जिने त्यो शहर
कुरानका पाठहरुले मनका तारहरुसग नाता गास्ने त्यो शहर
काला बुर्काहरुमा सेता हिराहरु छुप्ने त्यो शहर,
सेता कमिलाका तातिहरुले मस्दिजका सोभा बढाउने त्यो शहर
मेरो काबुल शहर
हो अझै म सम्झिरहन्छु,
अनी अझै सम्झिरहन्छु त्यो कालो दिन
बम र बारुदका धुवाहरुमा हराएको त्यो शहर
बन्दुकका गोलिहरु थेग्न नसकी रन्थनिएर ढलेको मेरो छोरो
रगतमा भिजेको मेरी बेगमको कालो बुर्का
अनी “अल्लाह” भन्दै अन्तिम श्वास छाडेका मेरा बाबुजी
हो अझै म सम्झिरहन्छु
म सगै चिच्याइ रहेको मेरो शहर
म सगै आसुमा डुबेको मेरो शहर
सेता समुन्द्रपारीका ब्वासाहरुको सिकार भएको मेरो शहर
लासहरुमाथि “स्टाटु अफ लिबर्टी”का प्रतिबिम्बहरु देखिएको मेरो शहर
हो अझै म सम्झिरहेछु
मेरो काबुल शहर,
हो त्यसैले मेरो शहरका लागि मैले बन्दुक बोके
“बिस्मिल्लाह”का ध्वनिहरु पुन ब्युताउन मैले बन्दुक बोके
निर्धक्क भइ नबाज पढ्न मैले बन्दुक बोके
मेरा कलीला छोराहरुका छातीहरुमा पर्ने गोलीहरु रोक्न मैले बन्दुक बोके
र मेरी बेगामका बुर्काहरुमा राता धब्बाहरु लाग्न नदिन मैले बन्दुक बोके
मेरो काबुल जोगाउन मैले बन्दुक बोके ।
January 25, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार)