~सुबिसुधा आचार्य~
सम्झनाको फूल टिपी कति उनौं माला
तिमीलाई कुर्दाकुर्दै लाग्छ बैँस जाला
उर्लिएको यो जवानी थाम्न साह्रै गाह्रो
पोखिएला जस्तो भयो बैँसको यो प्याला
लुकीछिपी सपनीमा आउनेछु तिम्रो
परेलीको सङ्घारमा नलाउनु ताला
एक झुल्को माया पनि दिन छाड्यौ किन
खोजखबर छैन केही निष्ठुरी छ चाला
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू – गजल सङ्ग्रह – सम्पादन : ललिजन रावल)