बहरबद्ध गजल : नियालिन्छ छाला

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- भुजङ्गप्रयात

यहाँ कामभन्दा नियालिन्छ छाला
निजी भक्तको नै मुसारिन्छ गाला

उचाल्ने-थचार्ने कला सिक्छ मान्छे
छुरा धस्छ बाँच्दा ! मरे पुष्प-माला

समालेर भोग्नू स्वयम् जिन्दगानी
सुहाउन्न गाडी विना बार-ढाला

“जडौरी लबेदा” बन्यो लोकतन्त्र
कठै ! राष्ट्र खोज्छन् धुजाग्रस्त टाला

व्यवस्था बिगारे बिराला-हरूले
मुसाका दुलामा पसे दाग काला

जता देख्छु जस्तो म उस्तै उकेल्छु
परे थाप्छु गोली ! गए ज्यान जाला

।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ
– नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.