~कृष्णप्रसाद कोइराला~
१.१. कथाकार भवानी भिक्षु
आधुनिक नेपाली कथाका समुज्ज्वल नक्षत्र कथाकार भवानी भिक्षुको जन्म वि.सं. १९६६ मा नेपालको हालको कपिलवस्तु जिल्लाको गोटिहवा भन्ने ठाउँमा भएको हो । शारदा पत्रिकामा वि.सं. १९९५ मा प्रकाशित भएको ‘मानव कथा उनको प्रकाशित पहिलो नेपाली कथा हो । उपन्यास, निबन्ध र कवितामा पनि भिक्षुको कलम नकुदेको त होइन तर यिनको प्रसिद्धिको क्षेत्र भने कथाकारिता नै रèो । पुस्तकाकार रूपमा उनका चार वटा कथासङ्ग्र्रहहरू प्रकाशित छन्, ती हुन् – गुनकेशरी (२०१७), मैयाँ साहेब (२०१७), आवर्त (२००४) र अवान्तर (२०३४) । नेपाली भाषासाहित्यका साधनाका अतिरिक्त विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा सेवा पु¥याएका भिक्षुले आफ्नो भौतिक शरीरको अवसानपर्यन्त (२०३८) आफ्नो सिर्जनशीलतालाई जारी राखे । उनी आधुनिक नेपाली कथाक्षेत्रमा कथाकलाका एक अमर प्रतिभा हुन् ।
१.२. भिक्षुका कथाका मूल प्रवृत्ति
भवानी भिक्षुका कथाहरूमा सामाजिक जीवनयापनको क्रममा मानवमनमा प्रस्फुटन हुने विभिन्न भावना र तिनले अनुभूत गरेका सङ्घर्षलाई मुख्यत: संयोजन भएको पाइन्छ । समाज र परिवेश जगत्मा प्राप्त हुने बाè घटनाका तुलनामा उनले मानसिक जगत्मा प्राप्त घटना, आरोह–अवरोह तथा किचलोलाई कथामा व्यक्त गर्ने सशक्त माध्यम बनाएका छन् । जीवन भोगाइका सबै कालखण्डका पात्रहरू के बालबालिका, के तरूण, के बुढाबुढी सबैका मनोदशा व्यक्त गर्न सिपालु देखिन्छन्, भवानी भिक्षु । त्यसैले यिनका कथामा कथावस्तु भन्दा पनि अझ आकर्षक तत्वका रूपमा पात्र वा चरित्र रहने गर्दछन् । घर परिवार र समाजको पृष्ठभूमिमा खडा गरिएका पात्रहरूको मानसिक भावना तथा तिनका बाè र आन्तरिक समस्याहरू खोतल्ने एवं अन्वेषण गर्ने प्रवृत्ति यिनमा प्राप्त हुन्छ । यिनले आफ्ना कथामा विशेषत: नारी पात्रको चरित्रचित्रणमा मुख्य रुचि देखाएका छन् । परिवेशगत रूपमा यिनका कथा २००७ सालको क्रान्तिलाई मुख्य बिन्दु मानी त्यस अघि र पछिको नेपाली समाज र त्यसका राजनैतिक आर्थिक एवं अन्य पक्षहरूको चित्रणमा केन्द्रित छ । सहरी जीवन र ग्रामीण जीवन दुबैलाई उत्तिकै महत्व दिई कथा लेख्ने भिक्षुले आफ्ना केही कथामा आञ्चलिकतालाई प्रस्तुत गरी विशेषत: तराईको ग्रामीण जनजीवनलाई समेत प्रस्तुत गरेका छन् । उनका कथाका सामाजिक परिवेश र युगको चित्रणमा आदर्श र व्यवहारका बीचको पार्थक्य देखाई समाज, मानिस र युगप्रति हास्यव्यङ्ग्य वा व्यङ्ग्य र उपहासको प्र्रयोग पनि गरिएको छ । द्वन्द्वगत रूपमा भिक्षुले मानिस–मानिसका बीचमा र मानिसका आफ्नै अन्तर्मनमा उत्पन्न हुने ससाना भावना र तिनका ग्रन्थीलाई देखाउने कुरामा महत्व दिएका छन् ।
मानिसका मनका प्रेम, ईष्र्या, द्वेष, घृणा, शत्रुता, अहङ्गार, क्षुद्रता, कुण्ठा, निराशा, पीर आदि अनेक थरी मसिना कुरालाई उनका कथाले अन्वेषण गर्ने र खोतल्ने गर्दछन् । सिग्मन्ड फ्रायडका मनोविश्लेषण सिद्धान्तलाई आफ्ना कथामा प्रयुक्त गर्ने कथाकार भिक्षु सशक्त मनोवैज्ञानिक कथाकार हुन् । उनका कथामा बाè तथा अन्तरिक घटना र चरित्रको वर्णन र विश्लेषणका साथै दृश्यहरू खडा गर्ने र पात्रका संवाद एवं मनोवादको समेत प्रयोग गर्ने द्वन्द्वात्मक पद्धतिलाई प्रयोग गरिएको पाइन्छ । उनका कथा आन्तरिक (प्रथमपुरूष कथन ढाँचा) र बाè (तृतीय पुरूष कथन ढाँचा) दुबै दृष्टिविन्दुमा रचना गरिएका छन् । भाषा प्रयोगका दृष्टिले मानकीकृत र स्तरीकृत भाषालाई चनाखो भई प्रयोग गर्नाले केही कृत्रिमता र विशिष्टतालाई ग्रहण गर्ने कथाकार भिक्षु मूल रूपमा स्वच्छन्दतावादी, यथार्थवादी र मनोवैज्ञानिक कथाधाराहरूलाई मिश्रण गरी उत्कृष्ट आधुनिक नेपाली कथा सिर्जना गर्न सक्षम देखा पर्दछन् ।
चालिस वर्षभन्दा लामो अविच्छिन्न कथायात्रामा मानव जीवनका रहस्यलाई छुने र भावुकतामा रमाउने अनि त्यस युगको नेपाली समाजको यथार्थ अवस्थाका साथै मानिसका मनका थरीथरीका मसिना भावनाहरूलाई केलाउने प्रवृत्तिलाई मुख्य विषयवस्तुका रूपमा आफ्ना कथामा प्रस्तुत गर्ने भवानी स्वच्छन्दतावादी र रहस्यवादी कथाधाराका सामाजिक यथार्थवादी र मनोवैज्ञानिक कथाधाराको सड्डममा कथा रच्ने कथाकार हुन् । समाज र जीवनका अनेक पक्षलाई आफ्ना कथामा प्रस्तुत गर्ने भिक्षुले मुख्यत: नरनारीका बीचमा उत्पन्न हुने पारस्परिक मानसिक आकर्षण र प्रेमका साथै विविधतायुक्त द्वन्द्व, तनाव र व्यथालाई प्रस्तुत गरी आफ्नो पृथक् लेखन पद्धति नेपाली कथालाई प्रदान गरेको पाइन्छ ।
२.१. कृतिगत सन्दर्भ
भवानी भिक्षुको ‘हारजित कथा २०१५ सालमा लेखिएको कथा हो र यो कथा उनैको मैयाँसाहेब कथासङ्ग्रह (२०१७) मा सङ्गृहीत छ । यो कथा सानाठूला गरी ५४ अनुच्छेदमा संरचित कथा हो र संवादका क्रममा कतिपय अनुच्छेदहरू त एउटा वाक्य र एक हारमा मात्र पनि सीमित छन् । उनले यो कथा नेपालको पश्चिमी तराईको स्थानीय ग्रामीण जनजीवनलाई प्रस्तुत गरी लेखेका हुन् र यो कथा सामाजिक पृष्ठभूमिमा आधारित एउटा मनोवैज्ञानिक कथा पनि हो । परिवेश चित्रणबाट सुरु गरिएको यस कथामा घुरहु महतो र मनोहरको उच्च मनोग्रन्थीको अहम्को द्वन्द्वलाई नाटकीकरण गरिएको छ । यी दुई जना प्रमुख पात्रका बीच सामाजिक प्रतिष्ठा प्राप्तिका लागि कडा प्रतिस्पर्धा यस कथामा चित्रण गरिएको छ । यस प्रतिस्पर्धामा कसको हार भयो वा कसको जित भयो भन्ने कुरालाई अनिर्णीत अवस्थामा राखिएको छ र हारजितको विषयलाई मनोवैज्ञानिक ढड्डले खुट्याउने प्रयास गरिएको छ । यिनै सामाजिक र मनोवैज्ञानिक पृष्ठभूमिमा यो कथाको सिर्जना भएको हो । कथामा प्रमुख पात्रका रूपमा यी दुई पात्रका अतिरिक्त यसमा अलगुवा, उसको गोज्याङ्ग्रो छोरो, तयफवा, रतियाको ससुरो, सोनवा आदि अन्य पात्र पनि रहेका छन् । यस कथामा आन्तरिक ऊहापोहलाई चित्रण गरिएको छ ।
२.२. कथानक
हारजित कथाको कथानक झिनो छ । गोटिहवा गाउँको एउटा निम्नवर्गीय व्यक्ति अलगुवाकी बुहारी सोनवा सधैंभरि आफ्नो लोग्नेको बिनाकारणको कुटपिटका कारण दु:खित हुन्छे र दिनहुँ यस्तै स्थिति सहनु पर्ने भएपछि त्यसबाट उन्मुक्त हुन गाउँकै सम्पन्न व्यक्तित्व मनोहर महतोका शरणमा पुग्दछे र उसकै घरमा आश्रय लिन पुग्दछे । कामको चापाचाप भएको र कामदारको अभाव हुँदै गरेको अवसरमा बिना–पारिश्रमिक काम लिन पाउने आशाले मनोहरले उसलाई आश्रय दिएको देखिन्छ । उता गाउँमा सोनवाले गृहत्याग गरी मनोहरकहाँ आश्रय लिएपछि टीकाटिप्पणी हुन थाल्छ । अर्कातिर मनोहरले सोनवाको रूप तथा आचरणमा आकर्षित भई आफ्नो पठ्ठो छोरोलाई सोनवा भिराई बुहारी पो बनाउँछ कि भन्ने शङ्गाले गाउँ नै हल्लिन्छ । यस क्रममा घुरहु महतोले सामाजिक मानमर्यादा र प्रतिष्ठा रक्षा गर्न तथा सोनवालाई उसकै घरमा फिर्ता पठाउने सर्तमा मनोहरका घरमा आफ्नी विवाहिता छोरी रतियालाई कामदारका रूपमा जिम्मा लगाएर मुक्ति दिलाएको देखिन्छ । यसरी सम्पन्नताको प्रतिमूर्ति मनोहरले आफ्नो वैभव र सानलाई प्रतिष्ठित तुल्याउन खोजेको देखिन्छ भने घुरहु सामाजिक प्रतिष्ठाका पक्षपाती देखिन्छन् । यस क्रममा मनोहरले पनि आफूकहाँ रहुन्जेल रतियालाई आफ्नै छोरी झैं स्नेह र वात्सल्य प्रदान गर्दछ, साथै उसको द्विरागमनको समय आएपछि सामाजिक विधिपूर्वक ससम्मान बिदावारी गरी उसकै घर (पतिगृह) तिर पठाउँछ । यसरी यहाँ गाउँको धनीमानी मनोहर र प्रतिष्ठित घुरहुका बीचमा भएको व्यक्तित्वको टक्कर नै कथाको मुख्य कथ्य विषय हो ।
यस कथामा आ–आफ्ना अहम्का लागि भएको घुरहु र मनोहरका बीचको द्वन्द्वलाई राम्ररी प्रस्तुत गरिएको छ । स्थानीय परिवेशलाई उजिल्याउनु यस कथाको उद्देश्य हो । हारजित शीर्षकले घुरहु र मनोहरको प्रतिष्ठाको सवाललाई बोकेको हुँदा यो औचित्यपूर्ण र सार्थक छ । कथाव्याख्याताका रूपमा कथाकार आफैं रहेकाले यो कथा तृतीय पुरुष दृष्टिबिन्दुको कथन ढाँचामा अभिव्यक्त कथा कृति हो । घुरहु र मनोहरको हारजितको मनोवैज्ञानिक पक्षको उद्घाटन गरिएको प्रस्तुत कथा विषय र भावको आधारमा उत्कृष्ट बन्न पुगेको छ ।
२.३ आञ्चलिकता
भवानी भिक्षु आफ्नो देश र देशको माटोप्रति सर्वतोभावेन समर्पित साहित्यकार थिए । उनी देशभक्त र भाषाभक्त लेखक थिए । अनेपाली भाषाभाषी भएर पनि उनी नेपाली भाषाका अनन्य सेवक थिए । उनी अवधी भाषाभाषी थिए तर त्यस भाषामा उनले कलम चलाएको कुनै प्रमाण पाइँदैन । बरु सम्पर्क भाषा हिन्दीमा उनले धेरै योगदान दिएका छन् । कालान्तरमा हिन्दी भाषामा आफ्नो लेखन बन्द गरेर नेपाली भाषामा लेख्नु उनको राष्ट्रभाषा नेपाली प्रतिको असीम प्रेम तथा अनन्त श्रद्धाको द्योतक हो । आफ्नो देशप्रति र देशको भाषाप्रति उनको निम्नाङ्गित उद्गार अभिनन्दनीय, प्रशंसनीय र सराहनीय छ –‘देश र माटो असाधारण आशक्ति हो । स्वर्गको सम्पूर्ण सान्त्वना लिएर जान लागे पनि यही माटोकै भाषामा मानिसलाई अथाह पीर खप्नुपर्छ । नेपाल तराईका बासिन्दा भएकाले भवानी भिक्षु त्यहाँको रहनसहन, रीतिरिवाज, खानपिन, पहिरन र जीवनशैलीसित पूर्ण परिचित थिए । अत: उनको प्रस्तुत हारजित कथामा त्यहाँको ग्रामीण जीवनको यथार्थ चित्रण गरिएको छ । भवानी भिक्षुले यस कथाबाट नेपाली साहित्यको आञ्चलिक परिवेशलाई अङ्गित गरेर एउटा प्रशंसनीय काम गरेका छन् । नेपालको तराईको आञ्चलिक परिवेशमा लिखित यो नेपाली साहित्यको पहिलो कथा नै हुन सक्तछ । भिक्षु स्वयं तराईबासी भएकाले आफ्ना रचनामा आञ्चलिक परिवेशको जीवन्त निरूपण गर्न निपुण साहित्यकारको रूपमा देखापर्नु कुनै आश्चर्यको कुरो होइन ।
२.४. भाव र सन्देश
समाजका दुई प्रतिष्ठित व्यक्तिका बीचमा सामाजिक प्रतिष्ठाका लागि भएको अहम्को द्वन्द्व देखाइएको प्रस्तुत कथामा समाजमा आफूलाई उच्च देखाउने जुन अहंभाव मानिसमा रहेको हुन्छ त्यसैको अभिव्यक्ति घुरहु महतो र मनोहर महतोका माध्यमबाट गरिएको छ । यस कथामा मानिस सामाजिक प्रतिष्ठाका लागि जस्तोसुकै त्याग गर्न पनि तत्पर हुन्छ भन्ने देखाई मानिसका निम्ति सबैभन्दा ठूलो कुरा इज्जत नै हो भन्ने भाव वा विचार व्यक्त गरिएको छ । यहाँ कथाकारले सामाजिक परिवेशलाई पृष्ठभूमिमा राख्दै दुबै पात्रका बीचको अन्तद्र्वन्द्वका माध्यमबाट कसैको हार र कसैको जित नभएको कुरा बताउँछन् । सारांशमा कथाले त्याग र समर्पणको भावनाले नै मानिसको चरित्रलाई उच्च र आदर्श बनाउँछ भन्ने सन्देश प्रदान गरेको छ ।
२.५. भाषाशैली
भवानी भिक्षुका कथामा प्रयुक्त भाषा र शैली संस्कृतपरक, शिष्ट र शालीन हुने गर्दछ । उनी तत्सम शब्दको प्रयोगमा अलि बढी रत्तिन्छन् । यिनको भाषामा हिन्दी भाषाको प्रभावसमेत भेटिन्छ । आनुप्रासिक वाक्ययोजना र गम्भीर, तार्किक, बौद्धिक एवं मार्मिक भाव संयोजनले यिनको भाषाशैलीमा पृथकता पहिल्याउन सकिन्छ । यद्यपि उनको अभिव्यक्तिलाई सहज, सरस र सरल नै भनिहाल्न मिल्दैन । अझ आञ्चलिक कथावस्तुलाई नेपाली भाषामा प्रस्तुत गरिएको हुँदा यस कथामा हिन्दी र स्थानीय भाषाको समेत प्रयोग भएको देखिन्छ । कथाको उद्देश्य नै स्थानीय परिवेशलाई उजिल्याउनु रहेकाले यस किसिमको प्रयोगलाई स्वाभाविक मान्नु पर्छ ।
३. शब्दस्रोतका सन्दर्भमा हारजित कथा
हारजित कथामा गणना गर्दा पुगनपुग चार हजार (३९१८) शब्द र करिब तीन सय (२८६) वाक्यको प्रयोग गरिएको देखिन्छ । यी मध्ये ९१.६ प्रतिशत शब्द (३५८९) नेपाली तद्भव स्रोतका छन् भने झण्डै ५.४ प्रतिशत जति शब्द (२१२) तत्सम (संस्कृत) स्रोतका छन् । साथै ३ प्रतिशत जति शब्द (१२७) आगन्तुक स्रोतका पनि छन् । यस कथामा प्रयोग गरिएका धेरै जसो तत्सम शब्द प्रचलित किसिमका नै छन् । यद्यपि अवलम्ब, मूकविरोध, आलोचनापत्रिका, नि:सन्दिग्ध, निगूढ, मनश्चेतना, स्फूरित, अभ्यन्तर, नि:स्पृह, परिहार, मर्यादाबोध, अकल्पनीयता, अनुभवशीलता, उद्वेलन, कल्मष आदि तत्सम शब्द भने नेपालीमा कमै प्रचलनमा देखिन्छन् । यी शब्दको प्रयोग खास गरी प्रकृतिको चित्रण गर्ने क्रममा र जीवन भोगाइका क्रममा पीडा, वेदना र रहस्यलाई प्रकट गर्दा आएका छन् । यस कथामा प्रयोग भएका आगन्तुक शब्दहरू मध्ये केही शब्द आञ्चलिक परिवेश र पश्चिमी तराईको परिवेश एवं स्थानीय पात्र छनौट गर्ने क्रममा देखिने शब्द छन्, जुन नेपाली भाषामा अलि नौला लाग्ने भए पनि अन्य शब्दहरू नेपालीमा प्रचलित नै देखिन्छन् । जस्तै दाँद, गोठघारी, काढ्नु, पाट्नु, मरदलबाग, बरकत, बढ्ती, गुहारिन, बेसाहा, मचिया, दिदाकी दब्बर, बोरिदिन्थे, जङ्करेत, देहार, खतुका, कउडा, जाजिम, तलहिया, डेहेरी, रसिदा, पतुरिया, बेरी आदि शब्द नेपाली भाषामा भित्रिसकेका देखिंदैनन् । भाषिक विशिष्टतालाई सरल तुल्याउन यस्ता शब्दको शब्दार्थ कथाकै पाटटिप्पणीमा अंकित गरिएको पनि छ । कथाकार भवानी भिक्षुले प्रस्तुत हारजित कथामा सुरुदेखि पन्ध्रौं अनुच्छेदभित्र प्रयोग गरेका तत्सम शब्दहरूको संस्कृतभाषामा रहेको शब्द निर्माण प्रक्रिया र त्यसको नेपाली भाषामा प्रचलित शब्दार्थ यहाँ प्रस्तुत गरिएको छ, जसमा संस्कृत शब्द निर्माण प्रक्रमलाई कोष्ठकभित्र र कथाको भावले समात्ने अर्थलाई मोटा अक्षरमा राखिएको छ ।
पूर्वदक्षिण : ड्ढपूर्व+अच्+दक्ष्+इनन्), पूर्व र दक्षिण दिशाको मध्यविन्दु ड्ढपूर्व – सूर्य, चन्द्रमा आदि ग्रह उदाउने दिशा, दक्षिण– सूर्योदय हुने दिशातिर हेर्दा दाहिने पर्ने दिशा)
सूर्यविम्ब : ड्ढसरति आकाशे सूर्य:, यद्वा स्रुवति कर्मणि लोकं प्रेरयति – सृ+क्यप्+वी+वन् ), सूर्यमण्डल, सूर्यवरिपरि लाग्ने घेरो ।
वस्तु : ड्ढवस्+तुन्), पृथ्वी वा ग्रहमा पाइने जुनसुकै पदार्थ, भौतिक अस्तित्व वा अलग पहिचान पहिचान भएको कुनै चीज ।
शिवपुर : ड्ढशो+वन्+पृ+क), तीन मुख्य देवता ब्रह्मा, विष्णु, महेश्वरमध्ये एक, संहारक देवता महादेवको पुर वा बासस्थान । कुनै गाउँको नामविशेष ।
छाया : ड्ढछो+य+टाप्), कुनै वस्त्र, व्यक्ति आदिले सूर्य, बत्ती आदिको प्रकाश छेकिँदा पर्ने ओझेल, छाया छहारी, सियाँल । प्रतिबिम्ब । प्रभाव, असर । अनुवाद, उल्था, अनुकरण । आश्रय, आछापिछा ।
दोष : ड्ढदुष्+घञ्), कुनै वस्तु, व्यक्ति आदिमा हुने कमी, कमजोरी, खराबी वा दुर्गुण । कसैका विरूद्ध लगाइएको लाञ्छना, फत्तुर अभियोग, अत्तो । कसुर अपराध । दाग, कलङ्ग, खोट । अशुद्धि, त्रुटि, भुल, गल्ती । उत्तर, कस । शरीरमा वायु, कफ आदिबाट हुने विकार वा त्यस्तो प्रकोप । कथाको मुख्य भावलाई धमिल्याउने अवगुण ।
अधीन : ड्ढअधीगतम् इनम् प्रभुम्), बसमा वा पकडमा रहेको । स्थिति, मातहत, अन्तर्गत, आश्रय, खटन । मातहतमा रहेको आश्रित अन्तर्गतको ।
लक्ष्मी : ड्ढलक्ष्+ई, मुट् च), धनकी देवी भगवान् विष्णुकी पत्नी, धनसम्पत्ति, ऐश्वर्य, समृद्धि, श्रीसम्पत्ति , लच्छिन, शुभ, शोभा । गाईलाई आदर गर्दा भनिने शब्द । घरकी मालिक्नीलाई भनिने शब्द ।
मल : ड्ढमृज्यते शोध्यते, मृज्+कल्), गोबर पात पतिङ्गर कुहाएर बनाएको मैलो बस्तु । खेतबारीमा उब्जनी बढाउन प्रयोग गरिने रासायनिक पदार्थ, खाद, उर्बरक । फोहोरमैला दिशापिसाब, विष्ठा, कसर, कस, मयल, विकार ।
अघोर : ड्ढनञ्+घुर्+अच्), ज्यादै डरलाग्दो भयानक, ज्यादै, अति विछट्ट ।
मुख : ड्ढखन्+अच्, डित् धातो: पूर्व मुट् च), प्राणीहरूको बोल्न र खानका लागि उपयोगी अवयव, थुतुनो, चुच्चो । अनुहार, चेहरा, मुहार । वस्तुको अग्रभाग, मोहडा । प्रवेश गर्ने ठाउँ, ढोका, द्वार । थालनी, प्रारम्भ, अग्रभाग । प्रधान, प्रमुख ।
अनुहार : ड्ढअनु+हृ+घञ्), मुख, मुखमण्डल, चेहरा । बाहिरी रूप, आकार, आकृतिप्रकृति ।
सङ्गल्प : ड्ढसम्+कृप्+घञ्, गुण: रस्य ल:), कुनै काम गर्ने अठोट, दृढ निश्चय, प्रतिज्ञा, बाचा । पूजा, यज्ञ आदिमा यजमानको तर्फबाट पुरोहितले पढ्ने दान पुण्य कर्म आदिसँग सम्बन्धित प्रतिज्ञावाक्य ।
परिचायक : ड्ढपरि+चि+अप्+ण्वुल्), परिचय दिने चिनाउने चिनारी गराउने, चिनो, समझौटो, सङ्गेत पहिचान ।
आपतविपत : ड्ढआ+पद्+क्विप्+वि+पद्+क्विप्), कुनै काममा आइपरेको सङ्गट, विपत्ति । अप्ठ्यारो स्थिति, मुस्किल ।
अन्तिम : ड्ढअन्त+ङिमच्), पल्लो, आखिरीको, उपल्लो, अन्त्यको, अर्को, परको, पछिल्लो, पछिको,
अवलम्ब : ड्ढअव+लम्ब्+घञ्), आश्रय ।
निर्णायक : ड्ढनिर्+नि+अच्+ण्वुल्), छलफलबाट निस्केको कुरा, निष्कर्ष, निधो, टुङ्को, निक्र्यौल ।
शक्ति : ड्ढशक्+क्तिन्), व्यक्ति, प्राणी आदिमा हुने क्षमता, सामथ्र्य, बल आदि । सम्पत्ति, पद, प्रतिष्ठा, सत्ता आदिको प्रभाव, दबदबा । देवता, मन्त्र जादुटुना आदिको रहस्यमय प्रभाव । चमत्कार । हावा, घाम, विजुली, दाउरा, तेल आदिको ताप वा रापबाट प्राप्त हुने ऊर्जा । कुनै वस्तुलाई आफूतिर तान्ने तथा प्रभावमा पार्ने क्षमता । शब्द र अर्थका बिचको सम्बन्ध ।
अनुभव : ड्ढअनु+भू+अप्), देखेर वा भोगेर आर्जन गरिने ज्ञान, पढेर होइन परेर जानिएको कुरा, भोगाइ । इन्द्रियहरूले थाहा पाउने संवेदना, अनुभूति । स्वत:स्फूर्त हुने बोध, अन्तरात्माको अनुभूति, महसुस । आर्जित क्षमता, दक्षता, परिपक्वता ।
परिचित : ड्ढपरि+चि+क्त), परिचय भएको, चिनारी वा पहिचान भएको, चिनेजानेको, ज्ञात ।
व्यक्ति : ड्ढवि+अञ्ज्+क्तिन्), पृथक मान्छे, भिन्न मान्छे । प्रत्येक एकाइ वा पृथक सत्ता ब्यष्टि, प्रकट हुने स्थिति, प्रकटन ।
प्रख्यात : ड्ढप्र+ख्या+क्त), नाम चलेको, कीर्ति फैलेको, प्रसिद्ध ।
हरिहर : ड्ढहृ+इन् हरि:, हृ+अच् हर:), विष्णु र शिवको संयुक्त रूप, हरिकङ्काल वा तन्नम भएको अवस्था । भारतको विहार प्रान्तमा गण्डकी नदी र गङ्काको सङ्कममा पर्ने तीर्थस्थल, हरिहरक्षेत्र ।
क्षेत्र : ड्ढक्षि+स्ष्ट्रन्), जमिन आदिले समेटेको परिधि वा भाग । ठाउँ, स्थल, प्रवेश । निश्चित विषयको परिधि, खास परिवेश, विशेष फाँट, तीर्थस्थल, धाम ।
गङ्कास्नान : ड्ढगम्+गन्+टाप्+स्ना+ल्युट्), गङ्काजीको पवित्र नदीमा नुहाउने काम, कुनै तीर्थस्थल वा नदीमा गएर स्नान गरिने काम । पवित्र हुने काम ।
गोधन : ड्ढगच्छत्यनेन गम् करणे गो:, धन्+अच्, गो एव धनं गोधनम्), गाई, भैँसी, भेडाबाख्रा आदि । पशुसम्बन्धी धन, पशुधन ।
आत्मा : ड्ढअत्+मनीण्), शरीरलाई जीवित राख्ने विश्वास गरिएको आध्यात्मिक तत्व । हंश । प्राणीमा रहेर सत् असत्को विवेक गर्न सक्ने, साक्षी, चेतना तत्व, चैतन्य, मनको साक्षी कुनैे वस्तु वा विषयको मूल तत्व वा सारतत्व ।
सामाजिक : ड्ढसम्+अज्+घञ् समाज, समाज+इक), समाजमा हुने, समाजमा पाइने, समाजसँग सम्बन्धित समाजमा आधारित । समाजमा घुलमिल भएर वस्ने मिलनसार, सहयोगी ।
अन्याय : ड्ढनञ्+नि+इ+घञ्), नीति तथा नियम विरूद्ध गरिने काम । निसाफ नभएको स्थिति, न्यायको अभाव, अनुचित व्यवहार, अनाचार, मनपरी, अत्याचार ।
असहाय : ड्ढनञ्+सह+इ+अच्), सहायता नपाएको । कसैले साथ नदिएको, कोही सहयोगी वा मदतगार नभएको । नि:सहाय, अनाथ ।
अवस्था : ड्ढअव+स्था+अङ्¬¬), कुनै कार्य, घटना आदिको स्थिति । कुनै व्यक्तिको हालचाल, हालत वा दशा । उमेर आदिको तह वा चरण । कुनै स्थानको वातावरण वा परिवेश, अवस्थिति ।
विह्वल : ड्ढवि+êल्+अच्), पीडा, शोक, डर, चिन्ता आदिले मन अशान्त भएको आत्तिएको बेचैन, ब्याकुल ।
मर्यादा : ड्ढमर्यायां सीमायां दीयते मर्यादा, मर्या+दा+अङ्+टाप्), गर्न हुने कुनै कार्य वा विषयबारे तोकिएको सीमा, नैतिक बन्धनको हद, नैतिकता, आचरण, प्रचलित नियम अनुशासन वा रीतिस्थिति । मान, इज्जत, प्रतिष्ठा ।
मनोहर : ड्ढमनस्+हृ+अच्), मनलाई लोभ्याउने वा हरण गर्ने, आकर्षक, मनोरम, मनोहारी । पात्र विशेषको नाम ।
प्रदक्षिणा : ड्ढप्र+दक्ष्+इनन्+आच्), मन्दिर वा यज्ञमण्डपलाई दाहिने पारी घुम्ने काम, परिक्रमा, फेरो ।
एकान्त : ड्ढएक+अन्त), अरू कोही नभएको, हल्ला बिनाको, निर्जन, सुनसान, एकलास ।
दु:ख : ड्ढदुष्टानि खानि यस्मिन्, दुष्टं खनति वा खन्+ङ+अच्), शारीरिक वा मानसिक पीडा, कष्ट, ब्यथा, विपत्ति आपत्ति सङ्गट ।
परिकार : ड्ढपरि+कृ+अण् घञ् वा), खानेकुराका प्रकार, धेरै किसिमको खाना ।
गृहस्थी : ड्ढग्रह्+क+स्थ गृहस्थ:, गृहस्थ+इनि), घरबार गरेर बस्ने व्यक्ति, गृहस्थ । घरव्यवहार, घरबार ।
मूकविरोध : ड्ढमू+कक्+वि+रुध्+घञ्), प्रत्यक्ष नदेखाई मौन रहेर असहमति जनाउने काम ।
संसार : ड्ढसम्+सृ+घञ्), पृथ्वीको सम्पूर्ण भूभाग, विश्व, दुनियाँ । मान्छेको देख्न वा हिडडुल गर्न सक्ने सबै ठाउँ । धेरै देशप्रदेश, सम्पूर्ण पृथ्वीजगत् । पृथ्वी र यहाँ रहेका सम्पूर्ण प्राणी, वनस्पति, जनता आदि । जीवहरूको लोक, मत्र्यलोक । सम्पूर्ण लौकिक व्यवहार वा पप्रञ्च । चल अचल सम्पत्तिको छेलोखेलो, अथाह, स्थिति ।
विचार : ड्ढवि+चर+घञ्), कुनै विषय, समस्या आदिका बारेमा सोचिएको कुरो, मनस्थिति, चिन्तनमनन । मनमा उठेको कुरो, अनुभूति, सोच, समझ । कुनै विषयमा गरिएको तर्क, पक्ष विपक्षबारे सोचाइ । मनले कुनै विषयमा यसो गर्छु भनेर गरिएको सङ्गल्प, अठोट, ठहर । बुद्धि, विवेक । कुनै ठाउँ सामान आदिको रेखदेख अवलोकन, हेरविचार, वास्ता, ख्याल । सहयोग, मदत । क्रियापुत्रीको घरमा बन्धुबान्धवले लैजाने खानेकुरा आदि ।
अभ्यस्त : ड्ढअधि+अस्+क्त), अभ्यास गरिएको, अभ्यासले गर्दा बानी परेको । निपुण, दक्ष ।
धनी : ड्ढधन्+इनि), धैरै धन हुने, धनवान्, धनाढ्य, सेठ । अरूलाई ऋण दिने व्यक्ति, साहु । मालिक, स्वामी । धन भएको व्यक्ति ।
घटना : ड्ढघट्+ल्युट्+टाप्), अकस्मात् भएको कुनै गतिविधि, विशेष गतिविधि, हत्या, दुर्घटना, डकैती ।
विषय : ड्ढवि+सि+अच्, षत्वम्), त्यस्तो कुरा जसको बारेमा बयान गरिन्छ, छलफल गरिन्छ, लेखिन्छ वा पढिन्छ । वर्णनीय वस्तु, पदार्थ, तत्व, कार्य वा व्यवहार । छलफल, वर्णन आदिको शीर्षक । अध्ययनको खास क्षेत्र । ज्ञानेन्द्रियले थाहा पाउने भौतिक वा आत्मिक अनुभव, सम्बन्ध, प्रसङ्क ।
चर्चा : ड्ढचचर्+अङ्+टाप्) कुनै विषयमा गरिने छलफल विचार विमर्श । प्रसङ्ग, सन्दर्भ ।
४. निष्कर्ष र मूल्याङ्गन
कथाकार भवानी भिक्षुका कथामा भाषा प्रयोगमा नेपाली भाषाको झर्रोपनका तत्वहरूको थोरै मात्र प्रयोग भएको पाइन्छ । उनी तत्सम (संस्कृत) शब्दहरूको प्रचुर प्रयोग गर्दछन् र हिन्दी एवं अन्य आगन्तुक शब्दको पनि निकै प्रयोग गर्दछन् अनि उनका तत्सम शब्दहरूकै प्रयोगमा पनि केही कृत्रिमता र क्लिष्टता रहेको पाइन्छ । कम प्रचलित तत्सम शब्दहरूको प्रयोग र स्वाभाविक तथा चोखो नेपाली वाक्य गठनका अपेक्षाका दृष्टिले उनको भाषाप्रयोगमा केही कमजोरी र कसर छन् । उनका पात्रहरूकै संवादका क्रममा शिष्ट बोलचालका भाषाको स्वाभाविकताका दृष्टिले भाषामा केही कसर रहेको पाइन्छ । नेपालको पश्चिम तराईको अवधी भाषा उनको मातृभाषा भएको र नेपाली भाषाको नियमित शिक्षाको अवसर पनि उनले नपाएकाले सामाजिक सम्पर्क र साहित्य स्वाध्ययनकै आधारमा राष्ट्र भाषा नेपालीको प्रयोग गरी उनी नेपाली भाषाका महान् कथाकार बन्न पुगेका छन् । सहज र आकर्षक भइकन पनि लामालामा वाक्य र केही अप्रचलित खालका आगन्तुक शब्दहरूको प्रयोग गरिएकाले यस कथाको भाषाशैली केही मात्र जटिल बन्न पुगेको हो । नेपाली भाषा मातृभाषा नभएका तराईबासी नेपाली साहित्यकारहरू मध्ये भिक्षु सर्वश्रेष्ठ प्रतिभा हुन् साथै उनका भाषामा शब्दप्रयोग र वाक्यव्याकरणका दृष्टिले केही कसर, कृत्रिमता र क्लिष्टता रहे पनि कथाको कलामा भने उनले ठूलो कुशलता देखाएका छन् । थोरै परिश्रम र मिहिनेतपूर्वक अध्ययन गर्दा उनको भाषाशैली कथाको भाव र कला दुवै पक्षको उच्चतालाई वहन गर्न सक्षम नै रहेको छ ।
५. सन्दर्भसूची
– अधिकारी, अच्युतरमण, एउटा भिक्षुको कथा,(२०४९), काठमाडौं : उन्नयन, पूर्णाङ्ग १०, साउन, भदौ, असोज ।
– अधिकारी, हेमाङ्गराज, पूर्वीय समालोचना सिद्धान्त, (२०३५), काठमाडौं : साझा प्रकाशन ।
– आप्टे, वामन शिवराम, संस्कृत हिन्दी कोश, (ई. २००९) । न्यू भारतीय बुक कार्पोरेशन, दिल्ली, ।
– खनाल, यदुनाथ, समालोचनाको सिद्धान्त (२०३०) सा.प्र. काठमाडौं: ।
– गौतम, देवीप्रसाद, डा., नेपाली कथा,(२०५४), काठमाडौं : नवीन प्रकाशन ।
– त्रिपाठी, वासुदेव, डा., पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, (२०४९), काठमाडौं : साझा प्रकाशन (ते. सं.) ।
– त्रिपाठी, वासुदेव, डा., भवानी भिक्षुको समष्टि कथायात्रा : एक रेखाङ्गन, (२०४९), काठमाडौं : उन्नयन, पूर्णाङ्ग १०, साउन, भदौ, असोज ।
– नेपाली बृहत् शब्दकोश, (२०४०), काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, ।
– नेपाल, वसन्तराज शम्र्मा, नेपाली शब्दसागर, (२०५७), काठमाडौं
– प्रसाईं, नरेन्द्रराज, नेपाली साहित्यका बटवृक्ष : भवानी भिक्षु, समकालीन साहित्य, (धधध । कबmबपबष्लिकबजष्तथब । अयm संस्करण) ।
– भट्ट, आनन्ददेव, भवानी भिक्षु र त्यो फेरि फर्कला, (२०४९), काठमाडौं : उन्नयन, पूर्णाङ्ग १०, साउन, भदौ, असोज ।
– भिक्षु भवानी, मैयाँसाहेब,(२०५२), काठमाडौं : साझा प्रकाशन (ते. सं.) ।
– भुसाल, गुणाकर, काठमाडौं, इन्द्रेणी(सँगालो), (२०५८), काठमाडौं : क्षितिज प्रकाशन ।
– राई, शिवकुमार, श्री भवानी भिक्षु: एक संस्मरण, (२०४९), काठमाडौं, उन्नयन, पूर्णाङ्ग १०, साउन, भदौ, असोज ।
कृष्णप्रसाद कोइराला,
उप–प्राध्यापक
पिण्डेश्वर विद्यापीठ, धरान–१४, सुनसरी
(स्रोत : साहित्यघर – निहारिका)