कविता : बुद्ध

~पशुपति कर्माचार्य~

बुद्ध एउटा आस्था हो
ढल्दैन्
एउटा ज्योति पनि हो
त्यो निभ्दैन !
ए मुर्ख!
बुद्ध स्तुप भित्र
कुरान रोएको
तिमिले देखेनौ ?

बुद्ध मुस्लुम हो
इसा, हिन्दु र शिख
पनि हो !
तिम्रो पागलपनको
मलाइ खेद छ
जवर्जस्ती बुद्धको होइन
आफ़्नै टाउकोमा
घनले हानेकोमा
पश्चाताप हुनुपर्छ तिमी!

बुद्ध सिङ्गो आस्था हो मानवताको
त्यो अजय र अमर रहिरहन्छ !

हाल: न्युजिल्यान्ड

(स्रोत : कबिता सङ्ग्रह “यादका आयामहरु” बाट)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.