कविता : चोमोलुङ्गमाको छाती

~निश्चल काउचा~Nischal Kaucha

बुद्ध हराएको मुलुकमा सित युद्ध चलिरहदा
प्रोथाहरुमा तुषारापात भैरहनेछ
देवढुङ्गा / चोमोलुङ्गमाको छातीमा फक्रेको
हिउ फुल ओईलिरहनेछन

यो कस्तो चक्रब्युह हो
स्वाभिमान तिलाञ्जली दिएर
दक्षिणी हावासँग परेड खेल्दै
राष्ट्रियता डकारेको सुहाउदैन

गुलिया बचनका पसलहरूमा
वाद र तन्त्र बेचेर
सयल निवास खडा गरे पछि
सुनगाभाको कन्दरातिर अर्जुनदृष्टि लगाएनौ
लालिगुरासको क्यानभास कोर्न सकेनौ

देश दुखेको पीडाको एठनले
छटपटीदै जुर्मुराएका ताकुराका आवाजहरू
जिर्ण कानहरूमा नपुग्दै बिलाउने भ्रम
गणतन्त्रको बगरमा सामन्ती महल नठडयाए हुन्छ
रेक्टरमा नाप्न नसक्ने भुकम्पको कम्पनले
गर्ल्यामगुर्लुम ढल्नेछ
ईतिहास साची छ
समयको लिखोट पद
उल्टो नदि बग्न सक्दैन

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.