~शान्तिनारायण श्रेष्ठ~
संझना मनमा लिएर साँझमा, आउलान्कि आशले
नौ डाँडा पारी पर्खेकी होलीन्, ती मेरी मायाले
फुसको छानु छाएको उन्ले, चुहुन लाईसक्यो
अनार दाना साँचेको उन्लाई कुहुन लाईसक्यो ।
गै सक्यो दशैं तिहार फेरी, फर्केर आईसक्यो
आएनन् मेरा परदेशी दिल्मा, विरह छाईक्यो
उनैले सारी गएको आँप, पाकन लाई सक्यो
उनैले रोपी गएको मेवा, चराले खाई सक्यो ।
ऊ भन्दा पछि गएका सबै, फर्केर आई सके
भन्दिहुुन उन्ले ऊ मात्र फर्की नआउने रैछ के ?
छिट्टै म आँउछु भनेको बचन, पुरानो भए हो
हितैषी साथी नहुँदा जगत विरानो लागे हो ।
रातमा आशा प्रतिक्षा गर्दै तारालाई गन्दि हुन्
भुक–भुके पछि निराश बन्दै, विर्सेछ भन्दिहुन् ।।
-कुश्मा, पर्वत
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )