गजल : बस्छन्

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

दिनभरी ठुङ हानेर बस्छन् ।
टाउकोमा जुम्रा मारेर बस्छन् ।

काम धन्दा केही हुदैन घरमा
छिमेकीका कुरा काटेर बस्छन् ।

बाँझो राख्छन् खेत बारी आफ्नो
अन्नपात सँधै मागेर बस्छन् ।

सरकारले के के गर्दैछन् यहाँ
आफ्नालाई पैसा बाँडेर बस्छन् ।

पढ्ने गर्छन् गाउँ समाज सबै
अनि मीठा कथा लेखेर बस्छन् ।

–लमही नगरपालिका–७ सेमरहवा,
द्यौखर–दाङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.