~रवि प्राञ्जल~
तारा टिपूँ टिपूँ भन्थें जून झरेछ
सपनीमा भेटूं भन्थें नीद खुलेछ ।।
पछ्यौरीको हावा लाग्यो मनको तरेलीमा
हराएछ आँखा मेरो तिम्रो परेलीमा
केश चुमूं चुमूं भन्थें ओंठ सुकेछ
सपनीमा भेटूं भन्थें नीद खुलेछ ।।
आँसु झर्ला आँखा भरि पर्ख हटाइ दिउँला
साँझ पर्ला माया केहो पर्ख बताई दिउँला
साँझ रोकूँ रोकूँ भन्थें रात ढलेछ
सपनीमा भेटूं भन्थें नीद खुलेछ ।।
शब्द : रवि प्राञ्जल
स्वर : प्रेमध्वज प्रधान
सङ्गीत : राम थापा
यो गीत २०४०/२०४१ सालतिर रेडियो नेपालको स्टुडियोमा रेकर्ड भएको हो ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)