कथा : सुहाग रातको संकेत

~एनबी इलुंगा~nabin-bhandari-elunga_nbelunga

हाम्रो विवाहको रात अर्थात् सुहाग रात मै उसले त्यो दिनको संकेत दिएकी थिई | विवाह गरेर ल्याइएकी नया दुलही लाज हुनु पर्ने, डर हुनुपर्ने, धैर्यता हुनुपर्ने, तर त्यस्तो थिएन | पहिलो रात म कोठाभित्र जानासाथ उसले नै मलाई अँगालो हाली | म छक्क परें | उ मेरो छातीमुनि लुकी | म थाकेको थिएँ | मलाई सुहागरातको केहि परबाह थिएन | म खाटमा पल्टिएँ | उसले टेरिन | मेरो शरीर माथि पल्टिई | म अर्कोतिर कोल्टीएं |

उसले मुख फोरी, “आज हाम्रो सुहाग रात !”

म जुरुक्क उठें र सम्झाएँ, “आज मात्र हैन अब त सिंगो जीवन हाम्रै लागि हो, आजलाई बित्न देउ |”

यसो भन्दै गर्दा मेरो एक हात उसको शीरमा कपाल सुम्सुम्याउन पुगेको थियो | अर्को हात उसका गालामा अडेर उसको अधरमा रंग भर्दै थियो | मेरो छातीमा टाँसिएको उसको शीर मेरा आँखातिर फर्कियो | मुसाको शिकार गर्न लागेको बिरालाका आँखा झैं मेरा आँखामा डस्न खोजी उसले | उसको शरीर तातेको र तनक्क तन्केको थियो | उ कामुक देखिई | मेरो हातको सुम्सुम्याईले गर्दा उसका कपालका त्यान्द्राहरु फुकेर छरपस्ट भैसकेका थिए | उसको उद्देश्यमा लालसा थियो, शारीरिक प्यास तृप्त गराउने, मैले त्यहि थाहा पाएं |

मेरो काउन्टर अफरलाई इन्कार गर्दै भनी, “मेरो जीवनमा यो दिन फेरी फर्कने छैन, म यो दिनको शुख र खुशीबाट बन्चित हुन चाहन्न |”

मैले फकाएं, ” तिमि पीडाले छट्पटाउनेछौ |”

“मलाई जस्तो सुकै पिडा मन्जुर छ” उ कठोर भई |

उसको बोलि र ब्यबहारले मलाई एक पटक सोच्न बाध्य गरायो | यद्यपी उसका इच्छाहरुलाई इन्कार गर्ने शव्द थिएनन् मसंग | जवर्जस्ती तवरले उसका इच्छा मार्दा भोलि समाजमा मलाई नामर्दको परिचय दिलाउली भन्ने डर थियो | तर म एउटा प्यासी मनको चितुवा किन आफ्नो शिकार त्याग गरौँ? उसको शीर उठाएर अधरमा चुम्बन गरें | मुसुक्क हाँसेर स्वीकारोक्ति दिएँ | त्यतिखेर उसले मेरो जुँगालाई कामुक देखेको हुनुपर्छ, नाकै मुनि म्वाई खाई |

उसका हात कति छिटो अगाडी आए, मैले देखिन | मैले सुरक्षा अपनाउन खोजेको थिएँ, उसले त्यसलाई हुत्याई |

मैले आस्चार्य मान्दै सोधें |

उसले फर्काई |

मैले उत्सुकता देखाएँ, “किन?”

उ कडकिई |

यति भए मलाई पुग्यो, चड्कन लगाएँ गालामा | आँशु झार्दै अर्कोपट्टि पल्टिई |

म रातभर उसैलाई सोच्दै रहें | आँखामा निन्द्रा परेन |

आफ्नै साजनलाई ताजन दिनु परेकोमा म आफैलाई निको लागिरहेको थिएन | दिनभरी धेरैले सोधीखोजी गरे के भयो दुलहीलाई भनेर | घोसे भएरै टारी | मेरो अनुहारमा फर्केर पनि हेरिन | बेलुकी बेलैमा गएर घोप्टिछ खाटमा | मसंग साह्रै रिसाएकी हुनुपर्छ | विस्तारै गएर एउटा हात छामें | चिसो थियो | सारीको सप्को अनुहारबाट हटाएँ | कपालले पुरै अनुहार छोपेको रैछ | कपाल पनि पन्छाएं | उज्यालो अनुहार र रसिलो ओठ देखेर म मातिएं | अब लिपस्टिक किनिदिन मलाई पैसाको लोभ नलाग्ने भयो | कमसेकम आधा त मै डसीहाल्छु | निधार छामें | धेरै तातेको रैछ | कपाल दुखेछ क्यारे | गालामा म्वाई खान मन लग्यो | मेरो नाक क्याच्च भयो | म्वाई खान खोज्दा-खोज्दै टाउको उठाइछ | नाकमा नमज्जाले लाग्यो | म रन्थनियें | उ किन उठेकी थिई कुन्नि कारण बुझ्न चाहिनँ | नाक दुखाइको पिडा सहन नसकेर पल्टिएँ | एउटै ओच्छ्यानमा आफ्नै प्यारीसंग टाढीनुपर्ने विवशता अजीवको लाग्यो |

चार औंलाको छाप मैतालु पुर्याउन जांदासम्म हटेका थिएनन् | उ अलि आतिएकी जस्तो लाग्यो | त्यो दिन उसका ओठमा मैले नै लिपस्टिक दलिदिएँ | मैले उसलाई खुसि पार्नु थियो ताकी उसले माइत पुगेर नखरा पार्नु नपरोस् | उसका हरेक क्रियाकलाप म नियाल्दै थिएँ | उ आफ्ना हरेक अंगहरुमा हात पुर्याउँदा सचेत हुन्थी | शायद तिनका रक्षकले उसलाई ती अंगहरु चलाउन बन्देज लगाएको छ | हो त मै त हुँ तिनको रक्षक | मलाई त्यसको अधिकार छ | म आफै गएँ उसको चोली मिलाइदिन | उसले निलो चोली निकाली | मैले त्यसको अर्थ सम्झीएँ | निलो चोली छातीमा टिमिक्क भयो | उसका ओठमा अझै हाँसो आउन सकेको थिएन | रातो साडी निकाल्दै गर्दा उ अलि निहुरेकी थिई | चुम्बकले फलामलाई झैं उसको सलक्क परेको सुरिलो शरीरले मलाई खिच्यो | म बत्तिएर उसको कम्मर समाउन पगेछु | उ झस्कीई | मेरा हात चोलीमाथि चिप्लिन थालेछन् | मलाई त्यसको होसै थिएन | एक पटक होसमा आउँदा उसका ओठमा लिपिएको लिपस्टिक सबै लत्पतिएको पाएँ | उसका गालाहरु रंगिन भैसकेका थिए | मल्मल्को बिच्छ्यौना माथि पल्टिदा उ निदाएजस्तो गरी | उसको शरीरबाट रगत चुहिन लागे झैं रातो दखिन्थ्यो | मेरा औंलाका हरेक स्पर्शले उ कुत्कुतिन्थी | मेरो शरीरमा कम्पन उत्पन्न भयो | म थरररर्रर… काम्न लागें | अब म् होस् गुमाएर अरु क्रिडा गर्न सक्ने अवस्थामा थिइनँ |

मैले उसका गाला सुम्सुम्याउदै बिस्तारै बोलाएँ, “एई ! उठ !”

उ ब्युँझिई |

मैले फेरी भनें, “दिउसै रात पारे रात के का लागि नी?”

उ बोलिन र उठ्ने मन पनि गरिन | मलाई पुगेछ, शरीर शेलायो | एक छिनपछी उतिर नजर लगाएँ | आँखाबाट महँगो पनि बग्न लागेको थियो |

नयाँ ज्वाईंको आगमनको रौनक थियो ससुराली घरमा | ससुरालीको पहिलो अनुभव म पनि गजक्क परेर बसेको थिएँ | अस्ति लगाएदेखि नधोएको मोजा गन्हाउने डरले घरभित्रै पस्दासम्म पनि खोलिनं | मलाई खै क-कसले घेरेका थिए | सबैजना मलाई बुझ्न आतुर देखिन्थे | तर मेरा आँखाले उसैलाई खोज्दै थिए | खै कता गई? खाना खाने बेलामा पनि सासु आइन् बोलाउन | कसैले लोटामा पानि टक्र्याएन | डाइनिंग टेबलमा डोर्याए ससुराले | औशनी हाल्ने बेलामा झुक्किएँ, चम्चाले हालुं कि नहालूं ? बोइलरका चोक्टा लतपतिएका सिता घांटीबाट छिर्नै मानेनन् |

“ए मोरी अलिकति दहि ले न, भात छिर्थ्यो कि?” भन्न पनि पाइनं, उ थिइन |

कसैले मलाई खास वास्ता गरेजस्तो लागिरहेको थिएन | आफ्नो मान्छे नभएपछी अर्काले वास्ता गरे-०-नगरेको सबै व्यर्थ थियो | सुत्ने बेलामा ओच्छ्यान मिलाईदिन पनि आइन | देख्नै नपाई ढलें |

भोलिपल्ट अघिल्लो दिनको भिड थिएन | सबै लाखा-पाखा लागेछन् | बिहानको भोजन गर्नुअघि सम्म म एक्लै सोफामा निदाएछु | भोजनालयमा उसलाई नदेख्दा म फेरी हस्रक्क भएँ | उसका बाबु आमा आपसमा गन्गनाउदै थिए | हिजो आउने बित्तिकै उसकी बहिनीले काकाका घरतिर लिएर गएकी रे | भरे आउली कि भन्ने आशा देखाउदै थिए | काकाकै घरमा जाँदा त मलाई पनि संगै लिएर गएको भए हुने | म संग रुस्ट भएकी हुनुपर्छ, अन्यथा यसो नगर्नु पर्ने हो | मेरो कपाल तात्दै थियो | मैले धैर्यता अपनाएँ | घर फिर्न ढिला हुन सक्थ्यो |

सोच्दा सोच्दै उ आउदै गरेको देखें | भर्यांग उक्लदै गर्दा मेरो मुस्कुराहटको जवाफ दिईन | कस्ती अटेरी केटि रैछ | म धैर्य गरि बस्न सकिन | उ पसेकै कोठाभित्र पसें | देख्नेहरुले लाज पचेको भन्ठाने होला ! अरु केटीहरु पनि संगै पसेका रहेछन् | म अलक्क बसें |

“कहाँ गएकी थियौ? हिजो किन आइनौ?” मैले जवाफ पाइनँ | धैर्य गर्नुको विकल्प थिएन | उ व्यस्त थिई | खै कुन चै केटिले उसका गाला रंग्याईदिई | म आफैलाई लिपस्टिक लगाइदिने मन थियो | ओभरटेक गर्न चाहिनँ | छड्के पर्दा रातो भएर पाकेको चेरी जस्तै ओठ देखें | गुलियो हुनुपर्ने | बेलुकी चाखीछाड्छु | बिहेकै साडी चोलोले छोपिदिए उसका सबै अंगहरु | राम्ररी नियाल्ने रहर मेटिएकै थिएन | खाडीबाट भर्खर धोएर निकालेको पाटा जस्तै कपाल बनाइदिए | सबै त्यान्द्राहरु असरल्ल छरिएका थिए | उसको शृंगार हेर्दा हेर्दै मैले आफैलाई भुलेछु | उनीहरु कोठाबाट निस्किएपछि हत्तार हत्तार सर्ट भिरें | पेन्ट झट्कार्दा खुल्ला झ्याल बाहिरको दृश्य स्पस्ट देखें | ऊ सहित केहि केटीहरु उँधो लाग्दै थिए | एउटा घरभित्र पसे |

उसलाई पर्खिएको केहि घण्टा बितिसकेको थियो | ऊ आउने छाँट देखिनं | उसका बाउ-आमाले कुनै चासो दिएनन् | के हुँदैछ भन्ने उनीहरुलाई थाहा थियो | केहि बेर पछि मा पनि स्पस्ट हुँदै थिएँ | उसकी एउटी साथि आई | मैले उसलाई पहिर्याइदिएको हरियो पोते र रातो सिन्दुरको बट्टा लिएर आएकी थिइ त्यो केटी | म रनक्क तातें | तुरुन्त सेलाएँ | कारण बुझेपछि थाहा लाग्यो सेकेन्ड हेन्ड केटी थर्ड हेन्ड लागिछ | उसलाई सुभकामना संदेश पठाएँ, ससुरालीले बिहेमा दिएको बाइकको चाबी ससुराको थुतुनोमा हुत्याएँ, अनि फर्किएँ लुरु-लुरु एक्लै, केवल एक्लै…… |

बिर्तामोड, झापा
२०६६/११/०८ पुर्वान्चल दैनिक बिर्तामोड, झापा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.