~श्रेष्ठ समनश्री~
अस्ती उठौ भन्यो ।
हिजो जुटौ भन्यो ।
जनमत लुटेर गयो,
आज लुटौँ? भन्यो ।।
केही लिनु छ ।
केही दिनु छ ।
भाव विनिमयमा,
केही पोखिनु छ ।।
भगवानले यति सुन्दर मुहार बनाईदियो ।
मान्छेले त्यै मुहार बिक्ने बजार बनाईदियो ।
तिमी मान्छेलाई भगवान ठानिरहेछौ भने अब,
सोच भगवानले नै यो कस्तो विचार बनाईदियो ।।
मान्छेका हर व्यबहार, गुन कहाँ हुदो रैछ र ?
भगवानका पनि त चानचुन कहाँ हुदो रैछ र ?
म यहि सम्झेर चित्त बुझाईरहेछु हिजोआज,
आकाशसँग पनि त सधैं, जून कहाँ हुदो रैछ र ??
“लडौला, नआऊ नजिक !” यौटा तारे भिरले भन्यो ।
“जीवन, फगत् बोझ हो !” यौटा फकिरले भन्यो ।
फकिरले पनि अब जिन्दगी, भिरमा खोज्दैछ यहाँ,
“नपस, सरकारजस्तै हो मूर्ति !” मन्दिरले भन्यो ।।
ग लिएर मनमा उमंगको तुफान लिएर ।
उदाई दिनु मुहारमा सुनौलो बिहान लिएर ।
पर्खेर बसेको छ कोहि केहि खोसिए जसरी,
आउंदा आउनु ओठमा मिठो मुस्कान लिएर ।
मयुँरको एउटा चालमा तिमीलाई कोरेँ भने।
गजलको एउटा तालमा तिमीलाई कोरेँ भने।
सुनिन्थे होला कति मनका झंकारहरु,
झरनाको एउटा छालमा तिमीलाई कोरेँ भने।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)