~रुमन न्यौपाने ‘अमन्त’~
म लोभी छु । तपाई पनी लोभ गर्नु हुन्छ । हामी लोभी छैं । राजाले पनी लोभ गर्छन । प्रजाको लोभ झन त्यसमाथी बड्छ । हामी दैनीक लोभ गछौं । दिनभरी किसीम किसीमको लोभ र्गछैं । लोभको यही चक्रमा हामी दिनभरी घुँम्छैं या घुमाईन्छैं र राती निन्द्रा नपर्दा जाँतोको मसेटो हुन्छंैं । पिसीन्छैं, पेलीन्छैं । बिछ्यैनामा लडीबुडी गर्छैं । ओल्टे कोल्टे र्फकीदा रात र्तदैन, बिना निन्द्रा सपना देखीरहन्छैं । निन्द्राले सिंहासन छोडेपछी परमेश्रको पनी लिला चक्र रोकीन्छ । मलाई आजकाल निन्द्रा पर्दनै । म रात भरी बिना निन्द्रा सपना देखीरन्छु, अस्वस्थ सपना । घडीको सुई घुमेकै छैन । त्यो अडीएको घंन्टै भईसक्यो । बिना निन्दा्रको तानाले पनी पृथ्बीको दोहोरो फेरो लगाई सक्यो । म आजकाल निन्द्रा पर्ने सपना देख्छु । मनोचिकीत्सक कहाँ दौडीन खोज्छु । मलाई थाहा छ निन्द्राको माहात्म्य; बिना निन्द्राको सपना देख्नु, म त कठघरामा उभ्याईएके कैदी सरह भएको छु । त्यसैले म लोभी भएको छु । निन्द्राको लोभ गर्छु । आँखाको ढकन पल्टाएर निन्द्रा पर्ने सपना देख्छु, तर ऐठन अझै हुन्छ कनकी म मेची बाट महाकाली दौडीन्छु । कहीले कुला काँग्री, कहीले शिबपुरी त कहीले नाङ्गा र्पबत । बिना सपना कुदीरहेछु ।
सपनाको स्थान छ जुन आँखाको ढकनी भित्र स्वस्थ निन्द्रामा छ । निन्द्राको परीभाषा खोज्छु गुगल अनी क्यामब्रीजको शब्दकोष पल्टाएर तर निन्द्राको परीभाषा एउटै हुन्छ । मस्तीस्क को त्यो अबचेतन आराम अबस्था जाँहा आँखाहरु बन्द हुन्छन् । म दिनभरी सताईन्छु । म दिन भरी धुपमा सेकीएर पनी परिश्रम गर्छु । मलाई दिनमा जागा रहनुको अर्थ बिस्वासिलो लाग्छ तर बिना निन्द्राको रात कसरी कट्छ म बुझाउन सक्दीन । रातमा थाकेको भरीयाले पनी बोझ बिसाएर मन हल्का पार्छ त्यही सपना देखेर । सपना जादुमय छ तर मेरो लागी न निन्द्रा पर्छ न घडी चल्छ । जो कोही सपना देख्छन् । निन्द्रा पनी पर्दो होला । निन्द्राको अपरमपार महीमा त मेरो लागी रभ्भाको चाहाना गर्नु जस्तै हो । मानीस सपना चाहान्छन् । सपनाको लागी स्वस्थ निन्द्रा । मानीसले नतरेको समुन्द्र, नरचीएको दुनीया त्यही सपना बाट रचीन्छन्, त्यही सपना बाट तरीन्छन् ।
हलो, कुटो र कोदालो गरेको किसान पनी मझेरीमा सुस्ताएर दिन भरीको खाली पेट लाई त्यही निन्द्राको द्धारमा लैजान हतार गर्छ । दुई हल गोरु जोडेको सपना देख्छ । घरमा टिनको छानो हालेको सपना देख्छ । भकारी भरीएको र चुनले लीपीएको सानो दैलोको सपना देख्छ । आनन्दको उच्च स्थानमा आराम गर्छ । गरीब सपना; आफ्नै स्तरको सपना देख्छ । त्यही रात हुने खानेले पनी सपना देख्छन् । काठ्माडैं बाट पेरीस र पेरीस बाट टोकीयो पुग्छन् । रातारात दुनीयाको सफर गर्छन । नभएर खानेहरुलाई पाईताल मुनी दबाएर हुने खानेहरुले सपना देख्छन् । म मध्यम स्तरको सपना देख्छु । निन्द्रा परेको सपना । मलाई निन्द्रा र्पदैन, म खाली निन्द्रा परेको सपना देख्छु । म जागा छु दिनमा पनी र रातमा पनी कनकी म अरुले जस्तो सपना नदेखीयोस् भन्ने चाहान्छु । म नभएर खाने मानीस कल्पनाको दोस्रो दुनीयामा पुग्ने मेरो हैसीयत छैन ।
मलाई आज पनी निन्दा परेन । मैले आज पनी सपना देख्न पाईन । सपनाको आर्कषण के हो मैले अझै बुझेको छैन । सपनाको स्वतन्त्रता के हो मलाई थाही छैन कीनकी मैले सपना देख्न्ने गरेकै छैन । मलाई निन्द्रा पर्दै पर्दैन । म अरुको निन्द्रा खोस्ने सपना देख्न्न चाहान्न । गरीबको दैलो लुट्ने सपना देख्न्न चाहान्न । दिन भरी अरुको सपना सुन्छु । हिजो यस्तो भयो उस्तो भयो तर मैले सुनाउन कुनै सपना बाँकी छैन । अरुको नक्कल गर्छु, सपना देखीयोस् भन्ने चाहान्छु । बिचीत्रको संसार देखीयोस् । सुखको द्धारहरु खुलुन् । म पनी चाहान्छु सपना देखुँ । कल्पना गरुँ । थकानको चुरोलाई त्यही निन्द्रामा मिसाएर सपनाको बिगुल बजाँउ तर यो यर्थाथ कहीले बनेन । सपना कहीले देखीएन । निन्द्रा कहीले परेन ।
मानीसले धेरै थरीको सपना देख्छन् । सुखको लागी सपना देख्छन् । सपनामा सुख खोज्छन् । दुई थरीका मानिस छन् जसले सपना देख्छन् चाहान्छन् । एक जसलाई सपना देख्न्ने बानी परेको छ । अर्को, जसले सपना देखेको छैन । म सपना नदेखेको मानीस; मलाई सपना देख्न्नु छ तर मखमली बिछ्यैनामा पस्मीनाको च्यादर ओढेर होईन । खुल्ला आकास मुनी सपना देख्न्नु छ । जहाँ कहीले हुरी आओस्, कहीले पानी परोस् । चन्द्रमा र तारा मुनी सपनाको जुन स्तर छ त्यो स्तर महलमा बिदेशी स्याम्पेन पिएर देखीदैन । त्यो सपना, त्यो निन्द्रा त खाली भित्तामा झुन्डाईएको मानचित्र मात्र हुनेछ जसले बास्तबीक दुरी कहीले दिदैन । थाकेको आँखाहरु बाट सपना देख, अताल्लीएको मुटुहरु बाट सपना देख । जहाँ निन्द्रा र सपनाको महत्व हुन्छ त्यहाँ त्यो सपना देख्न्ने गर । गरीबले दरिद्रता हटाउन सपना देख्छ । परीश्रमीले पारीश्रमिक त्यही सपनामा पाउछ । म नियमको शासनको सपना देख्न्ने गर्थे । मलाई सपना देख्न्न मान्य थियो । सपना देख्न्न छुट थियो तर अहीले निन्द्रा पर्दैन । सपना देख्न्न बन्देज लगाईएको छ ।
मैले मेरो अस्तिव्व कायम राख्न्न सपना देख्न्नु पर्छ र सपना देख्न्न स्वस्थ निन्द्रा । सपना बिना मेरो गरीमा बन्दैन । मेरो परीवारको मुखमा माड लाग्दैन । म आजकाल सोच्ने गर्छु । म यान्त्रीक सपना पनी देखुँ । जसले मेरो गर्नु पर्ने काम सपनाबाटै गरीयोस । जसले गर्दा फेरी दिनमा पनी सपना देख्न्न सकीयोस्; फुर्सदिलो सपना । तपाई आफ्नो अस्तिव्व जोगाउन सपना देख्न्नु हुन्छ । दिनमा पनी सपना देख्न्नु हुन्छ । रातारात परीर्बतनको सोच राख्न्नु हुन्छ । सपना देख्न्नु हुन्छ । दशौं बर्ष जंगलको अध्यारोमा बसेर दशै बर्षमा उज्यालोको भ्रम पाल्नु हुन्छ । मलाई लाग्दैन तपाई जागृत हुनुहुन्छ । तपाई खाली सपना देख्न्नु हुन्छ त्यसैले तपाई निन्द्रामै हुनुहुन्छ । म सपना देख्दीन न त निन्दानै । यो भैतीक संसारमा अनेकै संकट छन् तर सपना देखेर टार्न चाहान्न । सहरमा मानीस अनेकै सपना देख्छन्, बिना रुकावट सपना देख्छन् । मेरो नजीकको मित्र उनी सधै सपना देख्छीन् । राती सुते देखी बिहान सम्म सपना देख्छीन् । बिना काम बिना माम सपना देख्छीन् । भन्छीन् बिछ्यौनामा लम्पसार परेपछी संसारले सताउन छोड्छीन् । निन्द्राको मात्हात्य उनी बाट सुने हुन्छ । मलाई पनी सपना देख्न्न रहर छ । यो पिडाबाट अल्गीएर निन्द्रा मा पुग्न मन छ । म प्रत्येक बिहान आफैलाई सोध्ने गर्छु, के सपना देखीयो त ? सबै बनेको सपना । सबै मिलेको सपना । देश बननेको सपना । तर अन्र्तह्ृदयबाट निस्केको स्वरले प्वाँख पनी नउम्रेको भन्छ । कता सपना देख्न्नु , निन्द्रा त परेको छैन ।
कसैलाई बोझीलो हुन मन छैन । कसैलाई उत्तरदायित्व लिन मन छैन । कसैलाई परिश्रम गर्ने आँट छैन त्यसैले मात्र सपनामा डुबुल्की मारीदियो । खत्तम ! बस ! दुनीया चलेकै छ । बृक्षको छाहारीमा लेटीएर धुपबाट बचीरहेको किसान लाई उठाएर भन्छ हे मनुष्य ! तिमी सपना देख्दैछै ? उठ ! सपना नदेख । हो अरुलाई जगाएर आफु सपना देख्छन् । गरीबको सपना पुरा हुन दिदैनन् । साधुराम पनी सपना मात्र देख्छन् । आफुमा पखेटा हाल्छन् । बिश्व बिचरण मा निस्कन्छन् । उनलाई पनी सपना देख्ने बानी परेको छ । दोहोरो तेहोरो अंकको आर्थिक बृद्धीको सपना देख्छन् सायद अबर्णनिय आनन्द मिल्दो होला । मेरो शैशब काल बिना निन्द्रा बितीसक्यो । मेरो उखरमाउलो उदण्ड बैंस पनी बिना सपना बित्दै छ । बिना निन्द्रा कट्दैछ । सबै सपना देख्छन तर मात्र आफ्नो लागी । मैले सपना देखे कस्तो देख्दो हुँ ? मैले माग्दा पाउने एक मात्र कुरा भए, म त्यही माग्ने थिए । निन्द्रा । अनी बिकाशशिल सपना तर मलाई निन्द्रा नपरेको धेरै भईसक्यो । मैले आज निदाउने प्रण गरेको छु । म पनी आज निन्द्रा पाउँछुु । अनेक रङ्गको सपना देख्छु । मेरो अभिलाषा पुरा गर्नु छ ।
एका बिहानै मेरो दैलो उघार्न आज बिजुली आमै आईपुगीन । बिजुली आमै मेरो छिमेकी । उनको नाम बिजुली तर उनले बिजुली कहीले देखीनन् । “किन आमा बिहानै” ? मैले बुडियाँ लाई सोधे । बाबु ! मैले आज सपना देखेँ, बिजुली बलेको सपना । नेपालमा पनी बिजुली बाले । मैले बिजुली बलेको सपना देँखे । उनको हर्षासु्र झरीरहेको थियो । मलाई पनी उनी माथी ईश्र्या लाग्यो । मैले लोभ गर्दैछु । म लोभी हुदैछु । म पनी स्वप्नील हुन चाँहे । फेरी माथी उक्लीए । दिवा स्वप्न देख्न्न । बुडियाँले जस्तो सपना देख्न्न, बिजुली बलेको सपना देख्न्न ।
जय नेपाल !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)