कविता : मेरो अपिल पाठकलाई

~आचार्य प्रभा~acharya Prabha

मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन
यदी उसो हो भने पनि,
म पक्कै नकारात्मक सोँचहरु त
बाँड्न चाहन्न,
तर —हुन सक्छन
भावनाहरु कसैको पनि
बिचार सँग मेल नखान सक्छ
वा —अर्थको अनर्थ हुन सक्छ
साँचै त्यस्तै तारतम्य मिल्न गएमा
मेरो श्रीजना यदी कसैले
अद्ध्यन गर्छ भने
सबै मेरो बिचार सँग सहमत् हुन जरुरी छैन
पक्कै पनि ‘ऊ’मेरालागी
असल समिक्षक बन्न सक्छ
जस्ले —मेरो बिचार को कमिलाई
असल भावनाको कसी लगाएर
पुर्णता गरिदिन्छ
अनी —जस्ले मेरो श्रीजनाको कमीकम्जोरिलाई
औल्याएर सहि न्याय दिन सक्छ
हो त्यस्तै पाठकको पर्खाइमा
मेरा श्रीजनाहरु प्रतिक्षित छन
हो त्यसतै कम्जोरिको ढाड भाँच्ने
समिक्षकको अभावमा मेरा भावनाहरु
अलपत्र छन
त्यसैले म अपिल गर्दछु
म प्रसङ्शाको भोको छुइन
सहि,सत्य गालीको आशामा छु
न कि —श्रीजनाको अर्थ बुझ्ने प्रयास नगरि
बेअर्थको प्रतिक्रीया पाउने अभिलाषामा

(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.