~धिरज गिरी “कल्पित”~
श्यामकृष्णको प्रेस भनेपछि सहरमा नचिन्ने मान्छेनै थिएनन् । सानो-सानो कामदेखि लिएर ठूला-ठूला छपाईका कामहरु त्यहाँ हुन्थे । धेरै काम आउने भएकोले तुलनात्मक रुपमा अरु प्रेसभन्दा सस्तोमा छपाई गर्थे, श्यामकृष्णजी ।
श्यामकृष्णको प्रेस राम्रै चलिरहेको थियो । रामै्र चलिरहँदा पनि किन हो कुन्नि उनलाई अझ बढी पैसा कमाउन मन लाग्यो । अब उनी सरकारी कार्यालयहरुको छपाईसम्बन्धी काम गर्न थाले । सरकारी काममा धेरै फाइदा थियो । दुई रुपियाँमा छापेको सामाग्रीको मोल बिलमा रु ५।-राख्न सकिन्थ्यो अनि ५ हजारप्रति छाप्नुपर्नेमा ३ हजारप्रति मात्र छापे पनि पुग्थ्यो, हाकिमलाई अलिकति नजराना चढाएको खण्डमा ।
सरकारी काममा पनि उनी सन्तुष्ट हुन सकेनन् । काठमाडौंमा घर ठडिएपछि पनि उनको पैसा मोह घट्नुको सट्टा झन बढ्यो । एकदिन एउटा सन्सनीपूर्ण खबर अखबारमा छापिएको थियो – सरकारी कार्यालयको नक्कली प्याड र विश्वविद्यालयको नक्कली प्रमाणपत्र छाप्ने गिरोह पक्राउ । पक्राउ पर्ने थिए बाबु र छोरा । बाबुको नाम श्यामकृष्ण साहु र छोराको नाम कृष्ण श्याम साहु ।
-पो. ब. नं. १४१५६, काठमाडौं, नेपाल ।
-2008-06-21
(स्रोत : Freenepal)