~निश्चल काउचा~
जिन्दगीमा अझ धेरै जँघार तर्न बाँकी रहेछ
त्यो भन्दा पनि ठुलो कुरा अझै मर्न बाँकी रहेछ
निरन्तर हिडिरहेछु जिन्दगीका उकालीहरू
अझ धेरै जिन्दगीका ओराली झर्न बाँकी रहेछ
तिम्रो मुस्कानको जादुले रीमै मार्नु मार्यो मलाई
मात्र अब तिम्रो दिलमा डेरा सर्न बाँकी रहेछ
सुख-दु:ख,घाम-पानी जिन्दगीको रित यस्तै रैछ
अब तिमीसंगै खुशीको रंग छर्न बाँकी रहेछ
-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)