~नविन आचार्य ‘लेटांगे’~
पै’ले आफ्नो बनाउन , बाटै भरि फूल छर्छन्
तृप्ति मनको मेटिएसी , भमरा झैँ बसाँई सर्छन्
जब जब निस्ठुरीलाई,भुल्न भनि ‘गजल’ लेख्छु
थाहै नपाई पाना भरि , सम्झनाका मोती झर्छन्
बिस्वास गर्नुस या नगर्नुस , मेरा प्यारा मित्रहरु
यहाँ फूलको घोचाईलेनि,कयौँ प्रेमि जीउँदै मर्छन्
अनेक दुख कष्ट सहि , पढाई बढाई ठुलो पार्यो
बिहे पछि तिनै सन्तान,बा’आमालाई आँखा तर्छन्
‘नियम’ भित्र बाँधीएर , गजल लेख्न नसक्ने ले
‘नबिन’ शैली नाम दिएर, ठुला ठुला तर्क गर्छन्
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)