~प्रकाश सुनुवार ‘निराकार’~
एकहुल जुनकिरीहरु
आगो वोकेर
निभ्न लागेका बस्तीहरुलाई उज्यालो वनाउन
एक झोला रातो किताबहरु वोकेर
बोक्सीको आरोपमा जिउंदै जलाइएका
पिडादायी कथाहरु च्यात्ने हिम्मतहरु बोकेर
पहाडहरुमा पुगे
स्कुलहरु खोले
धिब्री जुनकिरीहरु स्कुल आए÷ पढे
जुनकिरीहरुको व्यथाहरुलाई धारिलो हतियारमा बदले
अब जुनकिरीहरु तेजिलो भएर वल्दैछन्
बस्तीमा उज्यालोको संकेत देखा परिरहेको छ
अँध्यारो चिरिरहेका उज्यालोहरुले
उनीहरुको हातपाउमा वाँधिएको जंजिर चुंडाल्दैछन्
मुखमा लगाइएका ताल्चाहरुलाई तोड्दैछन्
मस्तिस्कमा लगाइएका बादलहरुलाई पन्साउँदैछन्
अनि अझ ठुलो गुजुल्टा परेर बलियो हुन खोजिरहेछन् ।
आँसुको दहमा डुबाइएका जुनकिरीहरु
तैरिन कोशिश गरिरहेका छन्
निमोठिएर छाती भित्र कैद गरिएका
आप्mना महत्वाकाँक्षाहरुलाई समाजको सामु ल्याउन
रकमी गांठोहरु फुकाल्न
हातेमालो गरिरहेका छन् ।
भालेहरुले आप्mनो ज्याजेतीलाई निरन्तर कायम राख्न
उर्दिहरु नलगाएका होइनन् – लगाए
भ्mयाली नपिटेका होइनन् – पिटे
जुनकिरीहरुलाई
मार्न खाजियो
एकान्त कुनामा पारेर बलात्कारको प्रयासहरु गरिंदा
जुनकिरीहरु उज्यालो भएर बल्दै गए
उज्यालोको तापले बिनाशकारीहरु स्वयं विनासिए
र, अहिले जतिजति
जुनकिरीहरुको छातीमा भाला रोप्न खोजिंदैछ
उतिउती बेस्मारी वल्दैछन्
अझ उज्यालो भएर धपक्क वल्दैछन्
आप्mनो ताकतहरुलाई
त्यहि उज्यालोमा प्रज्वलित गरिरहेछन्
समाजको आधा हिस्सा भनिएका जुनकिरीहरु
आधा खाली अनि रित्तो भएर पनि भरिंदैछन् ।
(३ जलाई २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)