~डि.बि. महेश पाल्पाली~
हे आमा नेपाल तिमीलाई संसार कै राम्री बनाउँला
तीन कोटी जन मिलेर सुसार गर्दै जाउँला ।।
सुपुत्र जन मिलेर देशको सेवा गरौँला
उन्नतीपथमा लम्केर प्रगती बिउ छरौँला
हे आमा नेपाल तिमीलाई संसार कै राम्री बनाउँला ।
काँधमा काँध थापेर गरीबको बोझ उठाउँला
आजको दु:ख सहेर भोलीको सुख हेरौँला
हे आमा नेपाल तिमीलाई संसार कै राम्री बनाउँला ।
देशको मैलो पखली पवित्र राखी छोडौँला
एक मुठ्ठी पानी पिएर देशको लागि बाचौँला
हे आमा नेपाल तिमीलाई संसार कै राम्री बनाउँला
तीन कोटी जना मिलेर सुसार गर्दै जाउँला ।।
स्वर / शब्द / संगीत : डि.बि. महेश पाल्पाली
– सिल्खान टोल, तानसेनमा जन्मिनुभै हाल बुटवलमा बसोबास गर्दै आउनु भएका गायक तथा सङ्गीतकार डि बि महेश पाल्पाली (वास्तविक नाम महेश विक्रम शाह) को २०१६-११-०२(कार्तिक १७ २०७३)मा निधन भएको छ |