~केसरी खरेल~
माइती घर तिम्रो हैन पराइघर जाउ
बिदा लिइ कहिलेकाहीं जन्म घर आउ ।
कस्तो हुन्छ वरको घर कस्तो हुन्छ पर
तिमिलाई जिन्दगिमा लाग्दो होला डर ।।
कठै तिम्रो आँगनमा बज्न थाल्छ बाजा
बाबा तिम्रो मन अनी रुन थाल्छ होला
माइती घर तिम्रो हैन पराइघर जाउ
बिदा लिइ कहिलेकाहीं जन्म घर आउ ।
जन्मघर भन्दा ठुलो कर्मघर ठान
हामीलाई भन्दा धेरै अब पराईलाई मान
सुँक्क सुँक्क गर्न छोड आँसु पुछी दिन्छौं
फलोस फूलोस तिम्रो जीवन आशिष यही दिन्छौँ
माइती घर तिम्रो हैन पराइघर जाउ
बिदा लिइ कहिलेकाहीं जन्म घर आउ ।
शब्द : केसरी खरेल
स्वर \ सङ्गीत : द्वारीकालाल जोशी