~मसान उपासक~
अत्यासकाे सत्याग्रह सकिएकाे साझ
मलामि बाेलाउन हिडे जसरि
यी कागहरु छतमा किन कराउछन् हँ ??
प्रेमिले दिएकाे रुमाल हराएपछि
सल्लाघारिमा एक्लै रुने
भन हाै लुङ्बा
मान्छे हाे कि छायाकाे अाकृति ??
यी सडकहरुमा दुख बाेकेर हिड्ने
बुढाे अनुहार कसकाे हाे??
अचेल सडक पनि दुखै बाेकेर कुद्छ।
यतैबाट हराएकाे एउटा तन्नेरी
सुख खाेज्दै कता भाैतारियाे ??
अचेल म याे चाेक रित्तिएकाे देख्छु ।
जिन्दगीकाे काेलाज बन्छ भत्किन्छ ।
मानाैँ यहाँ शुन्यबाद हावि भएदेखि
यी मान्छेहरू बाैलाएका हुन्
क्रमश: घाम डुब्नु अघि छाया पनि
अाफुभन्दा परपर गएकाे छ ।
अचेल साेचिरहेछु
मर्न सजिलाे छ कि मरेर बाैरिन??
फेरि याे अार्यघाट अबेरसम्म
मलाई किन कुरिबस्छ हँ???
छतिवन-५, मकवानपुर
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)