~कात्यायन~
– साँझ परिसकेको थियो | श्रीमतीले लोडशेडिंगको तालिका सोध्नुभन्दा पहिले नै भान्सामा गएर मैन-बत्ति बाल्छु |
– छोराहरू नया-पुराना पत्रिकाका पानाहरू हेर्दै हाँस्दै थिए|
– यसो नियालें | कतै लेखिएका थिए – जलश्रोतको अपार धनि देश … त कतै लेखिएका थिए – हावाबाट भविष्यमा नै बत्ति निकालिने समाचारहरू … त कतै इन्भर्टर व्यवसायीहरूको उच्च मूनाफा … आदि-आदि |
– समाचारमा मलाई खासै चाख थिएन, जीतको महसूसले गद्गद् थिएँ,- श्रीमतीले लोडशेडिंगको तालिका सोध्नै भ्याएकी थिईनन् ! जवाफ के दिने भन्ने कुराले मलाई संधै अन्यौल पार्थ्यो | कि त सस्ता ट्रांस्फर्मर्ले धोका दिन्थ्यो त कहिले बिध्दुत प्राधिकरणको तालिकाले !… कि त …
– तर मैले मैन-बत्ति बालिसकेको थिएँ !
– विचरा नेताहरू ! भविष्यसम्मको सुन्दर योजनाहरू बनाएकै हुन् क्या’र ! उज्यालोको सपनाहरू पनि बाँडेकै हुन् क्या’र ! विचराहरू!!… तर हामीहरू पो, न त निदाउन न नै सक्यौं न त सपनाहरू देख्न नै !!!…
– अरे ! आज किन मैन-बत्तिले बढी प्रकाश दिइरहेछ ?… धत्त ! छोराहरूको हाँसो पनि बुझें ! …
– आहा !!! ट्यूब-लाईटको स्विच अफ नै गर्न परेन | मैन-बत्ति किन बालेको’को जवाफ पनि दिन नै परेन |
२०७३/०२/०७
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)