~विवश वस्ती~
मेरो एकजना भरपर्दो मित्र छन्- वनस्पति विशेषज्ञ । धेरै वर्षदेखि वनस्पतिको क्षेत्रमा आफ्नो विशेषज्ञता अर्पण गर्दै आइरहेका छन् । उसको काम गराई शैलीबाट म मात्र होइन, सिंगो देश नै कृत् छन् भन्नुपर्छ । परार सालमात्रै राष्टूको तर्फबाट उनले एउटा आकर्षक पुरस्कार समेत पाएको थियो । करीब एक महिनासम्म त पत्र-पत्रिकाका पृष्ठहरु उसलाई दिइएका बधाईहरुले टनाटन भएका थिए । उसलाई दिइएको पुरस्कारको राशीभन्दा बधाई दिनेहरुले गरेको खर्च चौब्बरभन्दा बढी नै हुनसक्ने मेरो अनुमान छ ।
एकदिन म उसको निवासस्थानतिर लम्किएँ । उद्देश्य सिर्फ भेटघाट गर्नु मात्रै थियो । त्यसबाहेक मसित अरु कुनै मौलिक एजेण्डाहरु थिएनन् । करिव पाँच घण्टाअघि मात्र हामीबीच भेटघाट कार्यक्रम तय भएको थियो, आकस्मिक रुपले ।
ऊ सित भेट्दा थाहा भयो- ऊ आतंकवादको विपक्षमा रहेछ । आतंकवादले राष्टू, समाज र व्यक्तिगत जीवनमा खन्याउने दीर्घकालीन असरहरुबारे ऊ सचेत र जानकार रहेछ । उसले सुरुमै भनिहाल्यो-‘आतंकवादको अन्त्य गरिनु पर्दछ ।’
‘कसरी हुन्छ अन्त्य ?’ मैले ऊ सामु एउटा प्रश्न बिसाइहालें । किनभने, आतंकवादबाट म पनि पीडित रहेको हुँदा त्यसको अन्त्य हुनुपर्छ भन्ने पक्षमा उभिएको थिएँ, म ।
‘आतंकवादको अन्त्य निश्चय नै हुन्छ । तर यसको निम्ति सरकारले वनस्पति विभागका विशेषज्ञहरुसित उचित परामर्श लिनुपर्छरु उसले बतायो ।’
‘किन ? वनस्पति विशेषज्ञहरुसित परामर्श ?’ मेरो संक्षिप्त दिमागले कुनै पनि कुरा खुट्याउन सकेन, त्यहीकारण प्रश्न सोध्नुमा नै भलाई हुने ठानेँ मैले ।
‘आतंकवाद, शुद्ध राजनीतिक मात्र गाँसिएको सवाल होइन । आतंकवादको सम्बन्ध अरु विविध विषयहरुसित पनि छ । त्यहीकारण, आतंकवादको अन्त्यका लागि वनस्पति क्षेत्रलाई पृथक राखेर सोच्न समेत सकिदैन ‘ उसको तर्क थियो । तर, वनस्पति क्षेत्रको कारणले आतंकवादको अन्त्य कसरी हुन्छ ? भन्नेबारे ममा अन्योलताबाहेक अरु केही पनि थिएन । मैले पुनः ऊ तिर प्रश्न फ्याँके- ‘वनस्पति क्षेत्रका कारण आतंकवादको अन्त्य कसरी हुनसक्छ ? वनस्पति र आतंकवादबीच त्यस्तो अन्तर्सम्बन्ध के छ ? ‘
‘छ, एउटा गहिरो अन्तर्सम्वन्ध छ । ‘ उसले बतायो, निर्धक्कतापूर्वक र मेरो त्वचातिर गहिरिएर हेरयो ।
‘कस्तो अन्तर्सम्वन्ध ?’ मैले पुनः सोधें । मैले किन पुनः सोध्नु परयो भने प्रश्नको जवाफ उसले खटाई(खटाई दिइरहेको थियो । बहुत कञ्जुस्याईपूर्वक जवाफ दिइरहेको थियो ।
केहीबेरका निम्ति ऊ कोठाबाट अन्तध्र्यान हुनपुग्यो । कुनै कारण नबताई ऊ अन्तध्र्यान हुन पुगेको थियो । त्यहीबेला मैले उसको कोठाभित्र सजिएका विविध वनस्पतिका तस्वीरहरुतिर आफ्नो नजर हुत्याएँ । केही समयपश्चात नै ऊ कोठाभित्र प्रवेश गरुयो । अनुहारमा केही चकम उमार्दै प्रवेश गरयो ।
‘यो एउटा वृक्ष हो ।’ उसले एउटा वृक्षको तस्वीर मेरो अगाडि पेश गरयो । र, आफ्ना कुराहरु राख्दै जान थाल्यो- ‘यो वृक्षमा अनेक जराहरु छन् । त्यसमा एउटा मूल जरा छ । यदि यो वृक्षको आयु समाप्त तुल्याउने हो भने यसको सहायक जराहरु काटेर हुँदैन, मूल जरा नै छेदन गर्नुपर्छ । हो, आतंकवादीको अन्त्य गर्ने हो भने त्यसको मूल जरालाई नै छिनाउनु पर्दछ ।’
मेरा वनस्पति विशेषज्ञ मित्रको थप तर्क थियो – ‘तसर्थ, आतंकवादको मूल जरालाई कसरी छेदन गर्ने भन्ने बारेमा वनस्पति विशेषज्ञहरुसित सरकारले उचित परामर्श लिनुपर्छ ।’
‘किन ?’ मैले एउटा गैरजिम्मेवार प्रश्न गरें ।
‘किनभने, हामी जराको बारेमा राम्रो जानकारी राख्दछौं । र, त्यसलाई कसरी काट्ने भन्नेबारे राम्रो आइडिया छ हामीलाई । त्यहीकारण सरकारले आतंकवादको जरा काट्ने जिम्मा हामीलाई नै सुम्पिनुपर्दछू उसले बतायो । मतिर फर्किंदै ूहोइन त, मित्र ?’
‘हो’ मैले अकमकाउँदै, अर्ध सहमतिको भाकामा बताएँ ।
-2007-10-2
(स्रोत : Freenepal)