~मीना पुमा राई~
साँचो माया खेल भो तिम्लाई गयौ मानी झर्को
मभन्दा नि खुसी दिने होलान् कोही अर्को
छियाछिया हुन्छ मुटु वेदनाको तीर लाग्दा
एकान्तमा टोलाइरहन्छु वियोगसँगै पिर लाग्दा
चोखो माया खेल भो तिम्लाई गयौ मानी झर्को
मभन्दा नि खुसी दिने होलान् कोही अर्को
यात्रा हाम्रो एउटै थियो नटुंगिदै पाइला मोड्यौ
जन्मजन्म सँगै जिउने बाचा कसम सबै तोड्यौ
चोखो माया खेल भो तिम्लाई गयौ मानी झर्को
मभन्दा नि खुसी दिने होलान् कोही अर्को
मीना पुमा राई
खोटाङ,
हाल लेबनान
(स्रोत : विश्वन्युज डट कम )