~गुरुप्रसाद कुमाल ‘बुलबुल’~
उठौं अब हामी सबै लिएर एउटै नारा
जागौं सकल नवयुगका, युवा हामी सारा
समाजको छुवाछूत अन्त्य गर्नलाई जागौं,
देश र सभाको रंग फेर्र्ने हाम्रो अभिभारा
दलित हामी आपसमा लडेर खै के पायौं
हामी दुईटा लडेर आज भयौं भाइमारा
फुटेर होइन जुटेर अगाडि बढ्नु पर्छ,
रूढीवादी, अत्याचारीको फुकाल्नु पर्छ दाह्रा
भनाई मात्र होइन गरी देखाउनु पर्छ,
कडाभन्दा कडा हुनुपर्छ कानूनका धारा
धारा फेरेर मात्र हुन्न विचार फेर्नु पर्छ
गरिब दलितको भत्ता अरूलाई भो चारा
यस्तो संसार सिर्जना गरौं, एक भावनाको
जहाँ होस् सुनौला सुनौला मानवीय तारा
–लमही नगरपालिका–७ सेमरहवा,
द्यौखर–दाङ
(स्रोत : हाँक विक्ली वर्ष २९, अंक २३ २०६८ चैत्र २९ गते, बुधबार)