~नविन आचार्य ‘लेटांगे’~
सानु सङ्ग कुरा गर्दै , बिताएका केहि पल
मायाका ति सौगातहरु, पठाएका केहि पल
सम्झनामा अझै पनि, ताजा बनि बसेको छ
प्रेमिल कुरा गरी गरी, मुस्काएका केहि पल
पागल सरि भा’छु अचेल,एक्लै जिउन नसकेर
पीडा बढ्दै गा’छ झनै , मुटु सिउन नसकेर
मर्दा पनि दोष तिम्लाई,लाग्छ भन्ने डरले सानु
छटपटिमै बाँची रा’छु , जहर पिउन नसकेर
म मा गजल लेख्ने, ल्याकत छैन आजभोली
सुनाउनलाई त्यस्तो कुनै, बिगत छैन आजभोली
कति सुनाउँ पुराना ती , चोटै चोटका कथा हरु
साँच्चै भन्छु मेरो साथमै,किस्मत छैन आजभोली
बस्ती उजाड पारी दिने , भेलमा हुन्छु आज भोली
गाउँदै कथा जीन्दगीको , रेलमा हुन्छु आज भोली
देख्ने ले त सोच्दा होलान,मेरो जीवन खुला किताव
दुईछाक टार्न सारँगी को, जेलमा हुन्छु आज भोली
गन्तव्य त्यो चुम्ने लक्ष्य, ‘रकेट’ जस्तो हुनुपर्छ
जननी को सुराक्षार्थी , ‘खरेल’ जस्तो हुनुपर्छ
सबै पढ्ने मान्छे हरु, ठुलै बन्छन? मान्दीन म
विद्यार्थी त साथी हरु , ‘विभेक’ जस्तो हुनुपर्छ
फूलै फूलको बहार मिलोस, हजुरलाई यो बर्षमा
अजम्बरी प्यार मिलोस , हजुरलाई यो बर्षमा
प्रगतिका पाईला ले , सफलताका शिखर चुमुन
सोचे जस्तै संसार मिलोस , हजुरलाई यो बर्षमा
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)