कविता : किन…?

~कुन्दन काफ्ले~

म रुँदा खेरी तिमी हाँस्ने गर्छौ ।
अपुरो प्रिती किन गाँस्ने गर्छौ ।
कमजोर मन यो किन भाँच्ने गर्छौ ।
चबाई कुरा किन ढाँट्ने गर्छौ ।

रसाई आँखा किन ताक्ने गर्छौ ।
खसाई आँशू किन झाँक्ने गर्छौ ।
भसाई आस्था किन भाक्ने गर्छौ ।
हाँसाई बैरी किन डाक्ने गर्छौ ।

तिमी छौ स्वतन्त्र आफू खुशी बाँच ।
मलाई वीचमा पारी बेझिझक ननाच ।
मलाई जस्तै दैव तिमीलाई नि लग्ला ।
हिंड्छौ रे गर्दै किन झुटो वात…..?

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.