~आरती रची कोइँच~
रातमा निद्रा छैन दिनमा छैन चैन
तर पनि भन्छौ तिमी ‘मलाई केही भएन’
तिमीले झुट बोल्यौ झुट– २
तिम्रो मुटुमा भा’को हुनुपर्छ लुट
तिमीले झुट बोल्यौ झुट– २
कुरामा कुरा आउँछ साथीभाइको कुरामा
खुल्न थाल्छ कुरा जब भुल्न थाल्छौ सुरामा
भित्री कुरा बाहिर आउन थाल्यो छुटपुट
तिमीले झुट बोल्यौ झुट– २
आजकाल तिमी हामी भन्दा चुजी हुन थालेछौ
मोबाइल अनि फेसबुकमा बिजी हुन थालेछौ
आफ्नो मनको इन्टरनेटमा फेर्न थाल्यौ रुट
तिमीले झुट बोल्यौ झुट– २
प्रेमको गीत गुन्गुनाउन थालेका छौ रमाउँदै
ऐना हेर्छौ घरिघरि नयाँ फेसन जमाउँदै
कुनै बेला नाच्न थाल्छौ बजाउँदै बुट
तिमीले झुट बोल्यौ झुट– २
रातमा निद्रा छैन दिनमा छैन चैन
तर पनि भन्छौ तिमी ‘मलाई केही भएन’
तिमीले झुट बोल्यौ झुट– २
तिम्रो मुटुमा भा’को हुनुपर्छ लुट
तिमीले झुट बोल्यौ झुट– २
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, डिसेम्बर २०१३)