~भिम बहादुर थापा~
भनौं भने बोली पासो, डर मलाई ‘कुरो’ को भो
नबोलौं त कुरा साँचो, मनको आगो ‘जुरो’ पो भो
**
पर्खी बसें मझेरीमा, मौका आउला फुकाउँला यो
रात बिती अभ्रख जस्तो, नामर्द नि सुरो पो भो
**
सकल यो चर्तिकला, दिनपछी रात छ साक्षी
हाकहाकी मेरो पन त, माछोको यो भुरो पो भो
**
काटी हेर्छु, छाँटी हेर्छु, गुदी यसमा तीतो माथी
खरिएर मेरो खसखस्, सिसा भन्दा झुरो पो भो
**
फल टिप्छु भन्दै म छु, फूलै फुल्ने छाँट छैन
सिंगै बखान पोख्छु भन्दा, मेरै भाग पुरो पो भो
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)