कविता : निदरी

~राजेश दाहाल~

बन्द परेलीमा बस्न मन पराउँदै आयौँ सब मस्तक गलाउँदै
दुःखका सम्झ्नाहरूमा बिर्सनाको दियो जलाउँदै ।
थकानका अनुभूति भित्र पस्यौ सुस्त सुस्त तनमा
जीवन–मृत्यु बिसाइदियौँ अमूल्य एक क्षणमा ।।

छैन कुनै भोक, प्यास, तृष्णा, सजिलो सब जनको
छैन कुनै भेदभाव, कसैमा, स्थान तिम्रो रबको ।
हाई हाई गराउँदै आयौ तिमी भित्री राप निभाउन
अचेतताको सिँढीमा लडाइदियौ दिएर मधुर मुस्कान ।।

भोकाएका सब नेत्रहरू रमाउँदैछन् सब बिर्सी तिमीभित्र
मस्तिष्कका चेतनाले बोलाउँदैछन् सम्झ्ेर असल मित्र ।
आफ्नो प्यास यही हो भनी सबले खोज्दछन् तिमीलाई
जीवनमा शीतलता प्रदान गरी कसरी जित्यौ सबलाई ?

(स्रोत : हिमाल खबर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.