कविता : सुनको बिहान

~राज महर्शी~

सारी-चोलो र चुराको सौदर्यमा चमक थप्न चेलीको
गास-कपास र दैनिक गर्ज टार्न परिवारको
जीवन- सम्भाबनाको खोजिमा परदेश लागे पुरुषहरु –
सपनाको क्यानभास खोज्दै ओझेल परे गाउँ र बस्तीहरु !

एक चोक्टा जुनले कालरात्रीलाई भगाउन नसकेर
त्यो निरंकुस मृत्‍यु आक्रमक र बिभत्स बनेर आयो
आयो द्वन्द्व, भुकम्प,बाढी र भोक्मरिको मुखुन्डो ओढेर
हामीले जन्माएको सन्तानको प्राण चुपचाप लिएर गयो !

जन्मदाता हौं नारी हामी, सिर्जना प्रकृतिको कति राम्रो
आज लास उठाउनु पर्‍यो आफ्नै हातले, घाएल छ छाती हाम्रो
कर्णाली-आसु चेलीको बोकी देश दख्खिन नबगोस अब
झुल्काऔ मातृभूमीमा सुनको बिहान,फर्क है पुरुष सब !!

– राज महर्शी
November 9, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.