~निश्चल क्षेत्री~
लाज पचाई नामर्द भै आफ्नै मृत्यु उत्सव मनाऊ
के नै दिन सक्थ्यौ तिमी आप्mनै प्यारो स्वर्ग बनाऊ
रातदिन नभनेर जनताले कर तिरे
चर्केको घाउमा तिमी नुन चुक अझै खनाऊ
के नै दिन……….
इतिहासका गद्दार तिमी देशका लागि कलङ्कै हौ
खरानीको थुप्रोमाथि सक्छौ ठूलो घर बनाऊ
के नै दिन……….
नौ अर्बले के के हुन्थ्यो साच्चै विकास ग¥या भए
डलरका हिसाब के थाहा खाँदै वाक्क जति गनाऊ
के नै दिन……….
माफी माग्न लाज लाग्दैन अरूतिरै हिलो छ्याप्दै
तिमीलाई जनता दन्डित गर्छन् अनि गर्नु दुःख मनाऊ
के नै दिन……….
गर्भ खेरा हाल्यौ तिम्ले गरुङ्गो भारी बोकाई
जनतालाई पङ्गु बनाई अझै तिमी उत्सव मनाऊ
के नै दिन……….
– पाल्पा
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २९ – May 30, 2012 – २०६९ जेष्ठ १७, बुधबार)