~प्रकाश प्रधान~
आरोप आक्षेप आरिस आघात आशङ्का
एक भयङ्कर अभिशाप
मानव जीवनमा
चाहे व्यक्तिगत, सामाजिक जीव होस्, चाहे राष्ट्रिय जीवन
समायोजन सन्तुलन सुसञ्चालन जीवनयापनमा
विवेक छवि र इमानकै तराजु असन्तुलित गर्ने
यस्ता शब्दहरू शब्दकोशमा भए पनि
प्रयोगमा आउने बेला
बिनासोच समझ निस्किँदा
अनर्थ विपरीत प्रभाव
सुल्भिmने कुरा पनि उल्भिmने
बिनाकारण इवि प्रतिशोध र प्रत्यारोपले
धमिलो वातावरणको सिर्जना
दुश्मनी र सङ्र्घष्ाको खुलामैदान
अनि राष्ट्रिय जीवनै अस्तव्यस्त
अनि नयाँ नेपालको राष्ट्रिय रथ नै ठप्प
अचेल निहुँ खोज्ने भएनभएको आरोप निस्कने
अगुवाहरूको उत्तेजित अभिव्यक्ति अति बढिरहेको देख्दा
शान्ति र मेलको सट्टा प्रतिशोध र सङ्र्घष्ा निम्त्याइरहेका देख्दा
नयाँ नेपालको जगनै नउठ्ने
अथवा
अर्कै जग खन्नुपर्ने अवस्था नआओस्
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)