~बबिन नेपाल ‘राजेश’~
चार चार वर्ष बित्नै आँट्यो संविधान खै लेखिएन
न्यूयोर्क जस्तै बनाउँछौं देश भन्थ्यौ खै देखिएन
माओवाद खोक्दै हिंड्यौं राता झन्डा बोक्यौ मात्र
देशमा शान्ति ल्याउँछौं भन्थ्यांै अशान्ति खै मेटिएन
परिवर्तन ल्याउन भन्दै धेरै मा-यौ नेपालीलाई
रगतका भल बगेकै छन् यहाँ त खै रोकिएन
नेपाली यी सोझा जनता तिम्रो साथ छोड्दै गा”छन्
हत्केलाले छेक्छौं भन्थ्यौं सूर्य खै छेकिएन ।
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४ – Nov. 30, 2011 – २०६८ मंसिर १४ गते, मंगलवार)