~अन्जना पौडेल~
कम्पन दिदै भित्रै
विथोलि दिदै मन तन
पारिदिदै चिरैचिरा छर्किदिदै नुनचुक
रसाइदिदै आँखा हम्फाल्दै आइदिन्छ कताबाट
हल्लाईदिन्छ अग्लै पहाड
धस्काईदिन्छ अग्लै पर्खाल
उम्लेझै भुलुक्क पानी
खट्खट्,खट्खट््
टङ्टङ् टङ्टङ्
बदलिइदिन्छ आकृति
फेरिइदिन्छ प्रकृति
सिसा फुटे झैं प्याट्ट
भासिइदिन्छ बिना संकेत
मासिइदिन्छ बिना संकोच
बेपर्बाह दिन्छ झड्का
रेक्टर स्केलमा नास्दैै खुसी
आउँछ
चिहाउँछ
रुवाउँछ
मेरै बस्ती घर आँगनमा ब्बाँसो
छिन्न भिन्न पारिदिन्छ एकै धक्कामा
बिशाल योजना ,चाहना
जीबनका कामना
ढक्ढक् घन हानेझै मुटु
उम्लीरहन्छ हरपल डरैडरको महासागरमा
जलिरहन्छ आगोको मुस्लोमा
बरबराउँछ अचेतन चेतन आत्मा
जम्छ सदा हिउँ भै
खुला आकास मन्तिर
रुप घोप्टिन्छ औंशीमा
हात हेराउनु
घात दोहोर्याउनु
विराएको बाटो
गिराएको पाटो
समाप्त पारीदिन्छ जिउने आशा
आकासे उल्का
धर्ती रिङ्दै बग्ने गंगा
उल्टो, सुल्टो
आउँछ,विगार्दिन्छ
भत्काईदिन्छ,विथोल्दिन्छ
झड्का दिदै अमिट
मानवलाई लछार्दै
फाटेको पृथ्वी, आँखा
चुपचाप
सगरमाथा उभिन्छ बिना झंन्झट
विना प्रतिवाद
कुल्चन्छन्,संहदै हाँस्ने
बुद्धका शान्त आँखा निसहाय
कौरब लुट्छ दौपदीकै अस्थित्व
हिटलरले जर्मनी भुटेपनि
सुनामी छाल उर्लीरहने मन
बच्चा जवान बृद्व धृतराष्ट्र
पहिलो, दोस्रो,तेस्रो भूगोल
रंग रंग बिच भूकम्प
गरीब धनी बिच भूकम्प
स्त्री पुरुष बीच भूकम्प
जात जात बीच भूकम्प
देश देश बिच भूकम्प
अज्ञानता,असमानताको जालो
समय चक्र कुपोषण,
बिस्कुन ओस्सिदा
घाम डुबे पछि
उजाडेरै हरियाली बासस्थान
नत जून नत घाम
न बादलु घेरो
ध्वाजा, ध्वाजा
डुल्दै सेरोफेरो
वा भूकम्प……वा!!!