म खेलूँ कहाँ ?
म उफ्रूँ कहाँ ?
म गाऊँ कहाँ ?
म बोलूँ कहाँ ?
कुरा गर्छु, आमालाई झर्को लाग्छ
खेल्न थाल्छु, बुवालाई झ्वाँक चल्छ
उफ्रन्छु त बस् भन्छन्
गाउँछु त त चूप लाग भन्छन्
अब तपाईं नै भन्नोस्,
म कहाँ जाऊँ ? के गरुँ ?
(स्रोत : केटाकेटीअनलाईन डट कम)