~भगवती पौडेल~
बोकेर हिंडेको छु सबै आशै आशा
छैनन् मनमा केही निराशा
जीवन सँधै नै कहाँ हुन्छ धुम्म
लागेर घाम पनि होला छङ्
ढुङ्गाहरूको अक्करमा थिएँ
ठोक्किएर नै भए पनि जिएँ
जीवन जिउनु नै सौभाग्य सम्झें
गर्नु धेरै छ भन्दै ब्यूँझें
रोगहरूलाई पनि खाइदिन्छु
काँडाहरूलाई पनि पन्छाइदिन्छु
दुःख जति छन् सबै बिर्सि दिन्छु
दुःखहरूले नै सुख किनिदिन्छु
ढल्क्यो भने यो उमेर बिर्सिदिन्छु
मन नै सबै हो फेरि फुलिदिन्छु
यो मन बनाउँने प्रकृति तिमीलाई
स्वागत म गर्छु मिठो गीत गाई ।।
(स्रोत : केटाकेटीअनलाईन डट कम)