~बालकुमार गुरुङ~
नचलाइदेऊ कसैले
धोकैधोकामा विचलित मेरो मुटुलाई
नझस्काइदेऊ कसैले
बगरैबगरमा दौडिरहेको मेरो भावनालाई
स्नेहहीन छ, विरानो लाग्न थाल्यो आफैं
भुलिदियौं माया मेरो, भाव बहल भयो जीवन
विश्वासघात थिएछ त्रि्रो वाचा र बन्धन
कुनै रंगमञ्च थिएछ त्यो शृङ््गारको दिन ।
बदनामी दिनु थियो त, दियौ कि ब्यर्थैको इज्जत
धोका दिनु थियो त, दियौ किन झुठो प्यार
टुटाउनु थियो त प्यार, दियौ किन विलासिताको साथ
जलाइदियौ आत्मा मेरो चिताको रागसरी
केही हाँस्नलाईसम्म दर्द भयो रहँु अब म कसरी ।
नसम्झाइदेऊ मेरा, यनायसै विवश बेहोसितालाई
नब्युँझाइदेउ मेरा, यात्राविहीन अधुरो सपनालाई
जताततै परिब्लव, बादलसँगै उडिदियो अकलुषित दिनार
घाइते मृगझैं भयो जीवन
खुसियाली ओइलिझर्यो आँखाभरि रोदन अभिलाशाहरू,
कालो कालो बादलभित्र छुपिदियो
हँसिलो मुहार हर्ेर्ने, ऐना पनि चर्किहाल्यो
मरेर पनि जिउनुपर्ने जिउँदो लास बन्नुपर्यो ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)