कविता : मरुभूमि र हरियाली

~जीवन्त विरही~

उजाड उजाड मरूभुमिमा
फूलेका छन् सयपत्री र मखमली
उम्रदैनन् केही भन्ने रेगिस्तानका जमिन
जताततै हरियाली भएका छन्
खाने पानीका मुहान नभएका देशहरू,
२४ सै घण्टा बगिरहेका छन्
पानीका धाराहरू
केही फल्दैन भन्ने जमिनहरू
फलेका छन् तरकारी र लटरम्म फलपूmलहरू,
कस्तो अचम्म !
उजाड मरूभूमिमा फुल पूmलाउने हातहरू नेपाली रहेछ,
नुन पानीको फिल्टर पलान्टमा काम गर्ने पनि नेपाली रहेछ
तरकारी र फलपूmल फलाउने पनि नेपाली नै रहेछ
तर अफसोच !
त्यो हाम्रो हरियाली देश आज मरूभूमि बन्दैछ
त्यो उर्वरा भूमि बाँझै पल्टिएको छ
ती हाम्रा खोला नाला खहरे बन्दैछन्
पूmल्दैनन् ती सयपत्रि र मखमलीहरू
किनकी त्यसका मालिहरु नै हराईरहेका छन् ।
ती पूmलका माला लगाऊने दाजुभाईहरू
परदेशी भूमि सिंगारीरहेका छन् ।

–दोहा कतार

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३७ – २०६८ श्रावण २५ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.