गजल : पछ्याउँदै म आउँछु

~पदम गौतम~

तिमी जता पुग्यौ त्यतै पछ्याउँदै म आउँछु
मधेसमा, हिमालमा, पहाडमा म धाउँछु

म प्रेम पुज्दछु सधैँ र प्रेममै हराउँछु
अझै उही चरीसरी म प्रेमगीत गाउँछु

म चेतनाहरू सबै पिएर बस्छु तैपनि
तिमीसँगै बतासिँदा म तुष्टि धेर पाउँछु

तनैमनै सबैसबै म अर्पिदिन्छु हे प्रिया
मुहार हेर्न पाउँदा म नैनमै रमाउँछु

म काम भेलमा नभै’ छु प्रेमको प्रभावमा
म सभ्यता फुलाउँछु र सिर्जना बनाउँछु

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.