~सुरेस खनाल~
मेरो सम्झनाले कतै तिम्रो मुटु काँप्छ भने
मेरो तर्कनाले कतै तिमीलाई पिडा हुन्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!
के भूल के गल्ती छरिएका कयौँ छन्
के माया के समर्पण फैलिएका सयौँ छन्
दूरीलाई नाप्ने कला मायाले जान्दैन
छुट्टिनुको अर्थ ‘पराई’ समर्पणले भन्दैन
मुटु आखिर उहि छ कतै फेरि दुख्छ भने
मायामा भक्कानोले कतै आँशू पोख्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!
केहि बाटो संगै हामि अन्जान मै हिँडेको
केहि बाटो संगै फेरि मुस्कानमा हिँडेको
मोडबाट म बिलाएँ बेहोशी बेहोशी!
दोबाटोमा तिमीलाई छाडेँ बेहोशी बेहोशी!
चिसो हावाले कतै यात्रामा याद थप्छ भने
सेतो हिउँले कतै आँशू ढिक्का पार्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!
मेरो सम्झनाले कतै तिम्रो मुटु काँप्छ भने
मेरो तर्कनाले कतै तिमीलाई पिडा हुन्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!!
धेरै पछि आज यतिबेला अलिकता फुर्सद भयो। चिसो बिहानि थियो, मोटरहरु गुडिरहेका थिए र लाग्दथ्यो सबै कुनै नटुङ्गिने यात्रामा थिए! यस्तैमा टुङ्गिएको कुनै यात्रा मनमा सल्बलाए!
-यु एस् ए
January 15, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)