~रुमन न्यौपाने ‘अमन्त’~
मक्कीएको हाड लिई
म बाँचेको धेरै भयो ।
सस्तिएको भाउ माझ
म बेचिएको धेरै भयो ।
मेरो अस्तित्व छारो भएनी
स्वतन्त्र उड्न कहाँ सक्छु र ।
आफ्नै नृत्याङ्गनमा
म चिप्लिएर के भयो ।
बेढङ्गको सपना, कोठिको याचना
जिबनको खेस्रा काहाँ केरेँ र ।
दुनिया रमाउँन जानिसके
म बेचिएर के भयो?
यौबनको पखेँटा च्याप्ये नि
म कुजिँएको धेरै भयो ।
बिशालु प्यास मेट्न
अहो! म निचोरीएको धेरै भयो ।
बिचलन मिठो सपनाको
म मेटिएर के भयो ?
आततायी उत्सब मेरो लागि
प्रत्येक यायाबर संगै आउँछ ।
उषा पनि परपीडक बनि
दुष्कर भाब बोकि उठ्छ ।
बुकुवा झरेको यौबन जस्तो
म उजाड भएकी छु ।
बेढङ्गको सपना, कोठिको याचना
म नाङ्गगीएर के भयो ?
सस्तिएको भाउ माझ
म बेचिएर के भयो?
आप्रिल १९ २०१२
(स्रोत : रचनाकारको ब्लगबाट सभार)