~विशाल दर्लामी~
जब हुलका हुल
युवाहरु आँखामा
बलिन्द्र आँशु लिंदै
आफू जन्मिएको
माटोलाई
बाईबाई गर्दै
मरुभूमिमा भित्रिन
बाध्य हुन्छन्
ए देश ।
तिमीलाई कसरी भनु
तिमी स्वाभिमानी छौं
र, म तिम्रो
स्वाभिमानी नागरिक ।
जब
उल्का निक्लिए झैं
नेपाली चेलीहरु
निस्कन्छन्
अस्मिताको भीम माग्दै
बेश्यालयहरुबाट
ए देश ¤
तिमीलाई कसरी भनु
तिमी स्वाभिमानी छौ
र, म तिम्रो
स्वाभिमानी नागरिक ।।
जब तस्करहरु
विविध रुप र आकारका
डनहरु
तिम्रो नाकमा टेक्दै
छाती पिट्दै
भनिरहेका हुन्छन्
हामी मार्न सक्छौं
हामी लड्न सक्छौं
हामी सँग बन्दुक छ
हामीसँग बम छ
भन, देश
त्यति बेला
तिमीलाई कसरी भनु
तिमी स्वाभिमानी छौ
र, म तिम्रो
स्वाभिमानी नागरिक घ्घ्घ्
जब तिमी
अपराधीहरुलाई
फूल माला र अविरको
सजाय दिइरहँदा
कारिन्दाहरु
जेलभित्र
मुक्तिको हात
फिजाईरहेका हुन्छन्
जब
तिमी आफैलाई
टुक्राटुक्रा पार्न
जातका नकाबधारीहरु
तिमीसँग
पौठेजोरी गरिरहँदा
तिमी
नतमस्तक बनिरहन्छौ
जब
डनहरु
फिरौतीको
धम्कि दिइरहँदा
तिमी
निरिह बनिरहन्छौं
त्यति बेला
म, कसरी भनु
मेरो देशमा
कानून छ,
संविधान छ,
शान्ति र
कसरी भनु तिमीलाई
देश तिमी स्वाभिमानी छौ
र, म तिम्रो
स्वाभिमानी नागरिक ।।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४१ – २०६८ भाद्र २१ गते, बुधबार)