~भिम बहादुर थापा~
सोझो हुनु अभिसाप भो, कपट कै रजाईं भो
मान्छेभित्र मान्छे भेट्ने, मेरो आशा थकाई भो
**
सप्रियो कि मान्छे भन्थें, दिलको छुरा ताजै रैछ
साँचो नाता पलाउला कि, व्यर्थै मेरो सोधाई भो
**
अजातशत्रु मान्छे भन्थे, निष्ठुरीको बीऊ पो रे’छ
विडम्बना भोग्दै-झेल्दै, बाँच्नु मेरो कमाई भो
**
सत्यता को विश्वासी म, खानु दु:ख खेप्नु रे’छ
अप्ठ्यारो र असन्तोष यो, ज्यानकै मेरो भोगाई भो
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)